Shikhar Insurance

ढुकुटी नै रित्तिएपछि सनराइजले लाभांश घोषणा गर्न सकेन, ३ महिना मै सेयरधनीको १ अर्ब गायब

सिंहदरबार संवाददाता
२०७९ मंसिर २६, सोमबार १७:००
NIMB
Nabil Bank

काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगरी साधारण सभा गर्ने घोषणा गरिसकेको छ । तर, बैंकले के कति कारणले गदौ सेयरधनीको हात रित्तो बनाउँदै साधारण सभा सम्पन्न गर्न लागेको हो ?  सो भने प्रष्टसँग उल्लेख गरेको छैन् ।

बैंकको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश र बोनस सेयर नबाड्ने निर्णय गरेको हो । बैंकले आगामी साधारण सभामा आव २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभामा अनुमोदनको लागि पेशमात्रै प्रस्ताव गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस वर्ष बैंकले सेयरधनीलाई बाँड्न मिल्ने पैसा ढुकुटीमा नभएकै कारणले सेयरधनीको हात रित्तो बनाउन लागेको हो । यस पटक सेयरधनीलाई प्रतिफल नदिनेमात्रै होइन बैंक व्यवस्थापन अर्थात् प्रमुख कार्यकारी अधिकृत (सीईओ)को कार्य क्षमता खराब हुँदा लगानीकर्ताको टाउँकोमा करोडौं रुपैयाँ ऋण समेत थपिएको छ ।

यसअघि अर्थात् गत आव २०७७/७८ को मुनाफाबाट गत आवमा बैंकले ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांशगरी कुल ७ प्रतिशत लाभांश वितरण गरेको थियो। हाल १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवमा २५ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको हुँदा सेयरधनीलाई २.५३ प्रतिशत लाभांश वितरणको क्षमता राख्दथ्यो । गत आवको असार मसान्तसम्म बैंकको ‘रिटेन्ड अर्निङ’ अर्थात संचित नाफामा १ अर्ब ४६ करोड ३० लाख ५१ हजार रुपैयाँ मौज्दात थियो ।

यसको मतलब बैंकले वितरण योग्य नाफाबाहेक पनि थप १  अर्ब ४६ करोड रुपैयाँ सेयरधनीलाई प्रतिफलको रुपैयाँ दिन सक्छ भन्ने नै हो । ‘रिटर्न अन अर्निङ’ को पैसा भनेको अघिल्ला वर्षहरुमा सेयरधनीले पाउने प्रतिफल अर्थात् बाँड्न मिल्ने पैसा नै आगामी वर्षमा सेयरधनीलाई दिन रिजर्भ राखिएको हुन्छ ।

तर, बैंकले ३ महिनामै अर्थात् चालु आवको पहिलो त्रैमासमा ‘रिटेन्ड अर्निङ’ १५ करोड ७ लाख ८२ करोड रुपैयाँले र वितरण योग्य नाफा २८ करोड २३ लाख रुपैयाँले नकारात्मक भएको वित्तीय विवरण प्रकाशित गरेको छ । सो वित्तीय विवरणअनुसार बैंकको सेयरधनीको पैसा अर्थात् रिजर्भमा भएको प्रतिफल नै शुन्य गरेर थप १५ करोड रुपैयाँ ऋण थपेको हो । ३ महिनाबीचमै बैंकले सेयरधनीको १ अर्ब ४६ करोड ३० लाख ५१ रुपैयाँ हजार खर्च गरेर थप १५ करोड ७ लाख रुपैयाँ बढी ऋण थप गर्दा १ अर्ब ६१ करोड रुपैयाँ सेयरधनीको पैसा बैंकबाट गायब भएको हो । बैंक व्यवस्थापनले बैंक व्यवस्थापनले प्रोभिजन र अन्य खर्च वा दायित्व बहन गर्न ‘रिटर्न अन अर्निङ’ को पैसा खर्च गर्दा समस्या बढेको हो ।

यसरी सेयरधनीलाई दिने प्रतिफल नै नकारात्मक भएपछि लाभांश घोषणा गर्न नसकेको कुरा भने बैंकले प्रष्ट पारेको छैन । सनराइज बैंकले आगामी त्रैमासमा नेगेटिभिमा रहेको ‘रिटर्न अन अर्निङ’ पोजिटिभ बनाएपछि मात्रै सेयरधनीलाई लाभांश वितरण गर्न पाउँछ । आगामी दिनमा बैंकको आम्दानीबाट सेयरधनीले पाउने प्रतिफलबाट पनि १५ करोड रुपैयाँ नेगेटिभ ‘रिटर्न अन अर्निङ’ पोजिटिभ भएपछि मात्रै बैंकका सेयरधनीले लाभांश पाउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्