Shikhar Insurance

प्रदेश १ को पूर्वाधार विकासमा इन्फ्रास्ट्रक्चर बैंकले लगानी भित्र्याउन सघाउने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ४, मंगलवार १५:३६
NIMB
Nabil Bank

काठमाडौं । सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा आवश्यक वित्तीय तथा प्राविधिक सहकार्य तथा सहयोग र अन्य आवश्यक सेवाहरुको सम्बोधन गर्न प्रदेश नं १ को सार्वजनिक नीजि साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यो समझदारीपत्रको मुल उद्देश्य प्राविधिक र आर्थिक रुपमा सम्भावित प्रादेशिक पूर्वाधारका परियोजनाहरु पहिचान गर्नु र सम्भावित परियोजनाहरुमा वित्तीय तथा प्राबिधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लगानी आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं १ मा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गर्नु रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रदेश नं १ का माननीय मुख्य मन्त्री शेरधन राईको उपस्थितिमा समझदारी पत्रमा प्रदेश नं १ को सार्वजनिक नीजि सहकारी साझेदारी तथा लगानी प्राधिकरणको तर्फबाट निर्देशक डा. सरोज कोईराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका हुन् । सोही कार्यक्रममा निर्देशक डा. सरोज कोईरालाले प्रदेश नं १ मा कोशी रिफ्रेसमेन्ट सेन्टर, बीमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन प्रोजेक्ट लगायतका केही पूर्वाधारका परियोजनाहरुको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भैसकेको जानकारी गराए ।

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य लिई, सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश नं। १ सँग समझदारीपत्रमा हस्ताक्षर गरे सँगै आगामी दिनमा मुलुकका अन्य प्रदेश सरकारहरु एवं स्थानीय निकायहरुसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्