Shikhar Insurance

टेलिकमको वेबसाइटमा च्याटबोट सेवा, केके सेवा दिन्छ ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ४, मंगलवार १६:२०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल टेलिकमले ‘एनटी च्याटबोट’ सेवा सुरु गरेको छ । कम्पनीका विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिका बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी च्याटबोट सेवा सुरु गरेको हो ।

कम्पनीको वेबसाइट खोल्नासाथ होमपेजमा एनटी च्याटबोटको सानो स्क्रिन देखापर्दछ । त्यहाँ ‘निड हेल्प ? वेलकम टु एनटी च्याटबोट’ भनेर लेखिएको हुन्छ । यसमा कम्पनीका विभिन्न सेवाका बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली/अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । त्यसैगरी विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायत/गुनासो समेत गर्न सकिन्छ । सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभाग/पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गरिन्छ ।

एनटी च्याटबोट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउँछ । कम्पनीका सेवाग्राहीले कुनै सेवाका बारेमा थप जानकारी लिनुपरेमा एनटी च्याटबोट बाहेक कम्पनीका सामाजिक सञ्जाल प्रयोग गर्न सक्दछन् । ग्राहकहरुले कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधाहरुका बारेमा विभिन्न जानकारी प्राप्त गर्न सक्दछन् ।

गत माघ २२ गते कम्पनीको १७औं वार्षिकोत्सवको अवसरमा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एनटी च्याटबोट सेवाको सुरुवात गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्