Shikhar Insurance

बाराको जितपुर सिमरामा अग्नि ग्रुपको सर्भिस सेन्टर

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ४, मंगलवार १९:०२
NIMB
Nabil Bank

काठमाडौं । महिन्द्रा फोर ह्‌विलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले बाराको जितपुर-सीमरा उपमहानगरपालिकामा महिन्द्रा फोर ह्‌विलर सवारीसाधनको आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार सेवा केन्द्र ‘सिमरा अटोजोन’ त्यस क्षेत्रका लागि बालाजु अटोवर्क्सको अधिकृत सुसज्जित डिलर हो ।

सर्भिस सेन्टरको प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनाल र बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले संयुक्त रूपमा उद्घाटन गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

बारा र यसका वरपरको क्षेत्रका ग्राहकलाई सुविधाजनक र किफायती सेवा पुर्‍याउन सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीले जनाएको छ ।

बालाजु अटोका प्रबन्ध निर्देशक शर्माले सबै महिन्द्रा सर्भिस केन्द्रहरूमा ग्राहकलाई अधिकतम सन्तुष्टि दिनका लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्नमा कम्पनी केन्द्रित रहँदै आएको बताए ।

यो सर्भिस सेन्टरले महिन्द्रा अटो मोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थारलगात सबै उत्पादन शृंखलाको बिक्री-सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध हुने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्