Shikhar Insurance

दक्षिण अमेरिकी नेटवर्क विस्तार गर्‍यो कतारले

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ४, मंगलवार १९:२३
NIMB
Nabil Bank

काठमाडौं । कतार एयरवेजले लाटाम एयरलाइन्स ब्राजिल कोडसेयर सम्झौता गरी साओ पाओलोसम्मको सेवा विस्तार गरेको छ । योसँगै साप्ताहिक १० उडानसम्म विस्तारको घोषणा गरेको छ ।

यसले दुवै एयरलाइन्सका यात्रुलाई एसिया, मध्य एसिया तथा दक्षिण अमेरिकासम्मको यात्रामा थप सुविधा पुर्‍याउने कतार एयरवेजले जनाएको छ । यस नयाँ कोडसेयर सम्झौताले दुवै एयरलाइन्सको २०१६ मा पहिलोपटक सुरु गरिएको रणनीतिक साझेदारीलाई थप सुदृढ गर्ने जनाइएको छ ।

Citizen Life
Kumar Bank

यस विस्तारित सम्झौताले कतार एयरवेजका यात्रुहरुलाई थप ४५ लाटाम एयरलाइन्स ब्राजिलका उडानहरु बुकिङ गरी यस दक्षिण अमेरिकी वाहकको नेटवर्कका ४० घरेलु तथा अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने जनाइएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्