Shikhar Insurance

एक दिन बाँकी छँदै महिलाको आईपीओमा पर्‍यो ६० गुणा बढी आवेदन

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ४, मंगलवार १९:२६
NIMB
Nabil Bank

काठमाडौं । महिला लघुवित्तको आईपीओ १४ लाख ४४ हजार ५ सय ८८ जनाले माग गरेका छन् । करिब साढे १४ लाख आवेदकले २ अर्ब २४ करोड ८२ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड २४ लाख ८२ लाख ७ सय २० कित्ता सेयरका लागि आवेदन दिएका हुन् ।

मंगलबार साँझ ५ बजेसम्म सो संख्यामा आवेदन परेको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिङले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

महिलाले ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेकामा सर्वसाधारका लागि ३ लाख ७५ हजार कित्ता खुला गरिएको हो ।

यस अर्थमा कुल मागको ६० गुणा आवेदन परेको छ । आवेदनकर्ताको संख्याअनुसार ३८ गुणा बढीले आवेदन दिएका छन् ।

लघुवित्तको आईपीओ बुधबारसम्ममा आवेदन दिन सकिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्