Shikhar Insurance

थप १ सय ५ मा कोरोना सङ्क्रमण पुष्टिः मृतक शून्य, सक्रिय संक्रमित १५ सय

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ४, मंगलवार २०:४६
NIMB
Nabil Bank

काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ६० को स्वास्थ्य परीक्षण गर्दा ४० महिला र ६५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । मंगलबार मृत्यु हुनेको सङ्ख्या भने शून्य छ ।

नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ९ सय ५४ पुगेको छ । थप ९९ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या २ लाख ६९ हजार ३ सय ३ पुगेको छ । हाल देशभर १ हजार ५ सय ८७ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ७४ जना क्वारेन्टिनमा छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी ९७६ होमआइसोलेसनमा, ६३ आइसियुमा र १३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । हालसम्म नेपालमा २१ लाख २३ हजार ९५१ को पिसिआर परीक्षण भएको छ । हालसम्म कोरोनाबाट दुई हजार ५५ ले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्