Shikhar Insurance

वाणिज्य बैंकको लाभांशः नबिल अब्बल हुँदा सेञ्चुरी निम्छराे, ३ बैंकले नदिने हुँदा २ वटाको बाँकी

सिंहदरबार संवाददाता
२०७९ पुष ५, मंगलवार १३:३३
NIMB
Nabil Bank

काठमाडौं । संचालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुमध्ये २० वटा बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लगानीकर्तालाई दिने लाभांश घोषणा गरिसकेका छन् । गत आवको मुनाफाबाट ३ वटा बैंकले लाभांश वितरण नगर्ने घोषणा गरिसकेका छन् भने ३ वटा लाभांश घोषणा गर्ने तयारीमा छन् ।

गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा अधिकांशले नगद लाभांशलाई नै प्राथमिकता दिएका छन् । जसमा सबैभन्दा धेरै बैंक नबिल बैंकले ३० प्रतिशत र सबैभन्दा थोरै सेञ्चुरी कर्मसियल बैंकले ५ प्रतिशत घोषणा गरेको छ । लाभांश घोषणा गरेका २० बैंकहरुमा सबैभन्दा बढी घोषणा गर्ने सूचीको दोस्रो नम्बरमा बैंक अफ काठमाण्डू २०.९५ प्रतिशत र तेस्रोमा एभरेष्ट बैंक २०.६८ प्रतिशत रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

लाभांश घोषणा गरेका २० वटा वाणिज्य बैंकहरुमा १३ वटाको दोहोरो अंकको अर्थात् १० प्रतिशतमाथि ३० प्रतिशतसम्म रहेको छ भने ७ वटाले एकल अंकको लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका बैंकहरुमध्ये ८ वटा बैंकले राष्ट्र बैंकको स्वीकृति लिएर वार्षिक साधारण सभामा पारित गराई सेयरधनीको खातामा समेत पठाइ सकेका छन् । ६ वटा वाणिज्य बैंकले प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति पाएर सेयरधनीको खातामा पठाउन वार्षिक साधारण सभाको मिति तय गरेका छन् भने, ६ वटाले राष्ट्र बैंकको स्वीकृति पाउनै बाँकी छ ।

लाभांश घोषणा गरेका बैंकहरुमा हालसम्म एभरेष्ट, बैंक अफ काठमाण्डू, स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, कुमारी, सानिमा, सिटिजन्स र
एनसीसी बैंकले वार्षिक साधारण सभामा घोषित लाभांश पारित गराएर सेयरधनीको खातामा पठाएका हुन् । नेपाल इन्भेष्टमेण्ट, नेपाल एसबिआई, एनएमबि, प्रभु र मेगा बैंकले साधारण सभाको मिति तय गरिसकेको छन् भने सिभिल बैंक, प्राईम बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, हिमालयन र नबिल बैंकले राष्ट्र बैंकबाट प्रस्तावित लाभांशमा स्वीकृति पाएर साधारण सभाको मिति तय गर्नै बाँकी छ ।

नबिल बैंकः बैंकले गत आवको मुनाफाबाट चुक्ता पुँजीको ११.५ प्रतिशत नगद र १८.५ प्रतिशत बोनश गरी कुल ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आउँनै बाँकी छ । सोही कारणले बैंकले साधारण सभाको मिति तय गरेको छैन ।

बैंक अफ काठमाण्डूः बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश गरी कुल २०.९५ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले हुन आउने ६३ करोड ७४ लाख ३९ हजार रुपैयाँ बराबरको बोनस सेयर र १४.९५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ (कर सहित) नगद गरी कुल २०.९५ प्रतिशत लाभांश सेयरधनीको खातामा पठाईसकेको छ । बैंकले गत मंसिर २३ गते नै २८औं वार्षिक साधारण सम्पन्न गरिसकेको हो ।

एभरेष्ट बैंकः बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई कुल २०.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र सोको करप्रयोजनार्थ सहित ७.६८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने गरिसकेको हो । बैंकले गत मंसिर २६ गते आफ्नो २८औं वार्षिक साधारण सभामार्फत् घोषित लाभांश पारित गराई सेयरधनीको खातामा पठाएको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकः बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुत्ता पुँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण गरिसकेको हो । बैंकले गत मंसिर २५ गते आफ्नो ३६औं वार्षिक साधारण सभामार्फत् घोषित लाभांश पारित गराई सेयरधनीको खातामा पठाएको हो ।

ग्लोबल आइएमईः बैंकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल १३.६ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.६ प्रतिशत नगद लाभांश वितरण गरिसकेको हो । बैंकले गत मंसिर २३ गते आफ्नो १६औं वार्षिक साधारण सभामार्फत् घोषित लाभांश पारित गराई सेयरधनीको खातामा पठाएको हो ।

सिद्धार्थ बैंकः बैंकले गत आवको मुनाफाबाट चुक्ता पुँजीको १२.५ प्रतिशत नगद र ०.६६ प्रतिशत बोनश गरी कुल १३.१६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आउँनै बाँकी छ । सोही कारणले बैंकले साधारण सभाको मिति तय गरेको छैन ।

कुमारी बैंकः बैंकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट कुल १२.५० प्रतिशत नगद लाभांश वितरण गरिसकेको हो । बैंकले गत मंसिर २१ गते आफ्नो २१औं वार्षिक साधारण सभामार्फत् घोषित लाभांश पारित गराई सेयरधनीको खातामा पठाएको हो ।

नेपाल बैंकः बैंकले गत आवको मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत नगद र २ प्रतिशत बोनश गरी कुल १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आउँनै बाँकी छ । सोही कारणले बैंकले साधारण सभाको मिति तय गरेको छैन ।

नेपाल इन्भेष्टमेण्ट बैंकः बैंकले गत आवको मुनाफाबाट चुक्तापुँजीको ७ प्रतिशत बोनश र ४ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकद्वारा प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति भइसकेको छ भने, लाभांश वितरण प्रस्ताव पारितको लागि बैंकले पुस ७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

एनसीसी बैंकः बैंकले गत आवको मुनाफाबाट आफ्ना लगानीकर्तालाई कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । जुन राष्ट्र बैंकको स्वीकृत लिएर सेयरधनीको खातामा समेत पठाइसकेको छ । बैंकको मंसिर २ गते बसेको २५औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरी सेयरधनीको खातामा पठाएको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गरेको हो । बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँको ३.३६ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र ७.६३ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख रुपैयाँ (कर सहित) नगद लाभांश बैंकले वितरण गरिसकेको छ ।

सानिमा बैंकः बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफबाट सेयरधनीलाई कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १ अर्ब १३ करोड २७ लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.९८ प्रतिशत अर्थात ११ करोड १० लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गरिसकेको हो । बैंकले पुस ३ गते आफ्नो १८औं वार्षिक साधारण सभामार्फत् घोषित लाभांश पारित गराई सेयरधनीको खातामा पठाएको हो ।

नेपाल एसबिआई बैंकः बैंकले गत आवको मुनाफाबाट चुक्तापुँजीको ७.५३ प्रतिशत बोनश र ३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकद्वारा प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति भइसकेको छ भने, लाभांश वितरण प्रस्ताव पारितको लागि बैंकले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सिटिजन्स बैंकः गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट कुल ९ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बैंकले हाल कायम १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँ चुक्ता पुँजीको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश (कर प्रयोजन सहित) वितरण गरेको हो । सो लाभांश बैंकको कात्तिक ४ गते बसेको १६औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण भएको हो ।

प्राईम कर्मसियल बैंकः बैंकले गत आवको मुनाफाबाट चुक्ता पुँजीको ४.९५ प्रतिशत नगद र ४ प्रतिशत बोनश गरी कुल ८.९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आउँनै बाँकी छ । सोही कारणले बैंकले साधारण सभाको मिति तय गरेको छैन ।

एनएमबि बैंकः बैंकले गत आवको मुनाफाबाट चुक्तापुँजीको ८.२५ नगद लाभांश वितरण गर्ने भएको छ । बैंकद्वारा प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति भइसकेको छ भने, लाभांश वितरण प्रस्ताव पारितको लागि बैंकले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

प्रभु बैंकः बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुल ८ लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भइसकेको छ भने, लाभांश प्रस्ताव पारितको लागि बैंकले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

मेगा बैंकः बैंकले गत आवको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ७.८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांशमा हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति भइसकेको छ भने, लाभांश प्रस्ताव पारितको लागि बैंकले पुस ७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सिभिल बैंकः बैंकले गत आवको मुनाफाबाट चुक्ता पुँजीको ०.२५ प्रतिशत नगद र ५ प्रतिशत बोनश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आउँनै बाँकी छ । सोही कारणले बैंकले साधारण सभाको मिति तय गरेको छैन ।

सेञ्चुरी कर्मसियल बैंकः बैंकले गत आवको मुनाफाबाट चुक्तापुँजीको ०.२५ नगद लाभांश र ४.७५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकद्वारा प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति भइसकेको छ भने, लाभांश वितरण प्रस्ताव पारितको लागि बैंकले पुस १२ गते वार्षिक साधारण सभा बोलाएको छ ।

लाभांश घोषणा गर्ने बाँकी ३ वाणिज्य बैंकको क्षमता

बैंक तथा वित्तीय संस्थाहरुले अघिल्ला आवको वार्षिक साधारणसभा सम्पन्न गर्नको लागि नेपाल राष्ट्र बैंकमा सो आवको वित्तीय विवरण पेश गरी पास गराउनु पर्ने हुन्छ । राष्ट्र बैंकद्वारा पारित वित्तीय विवरणकै आधारमा बैंकहरुले सो आवको सञ्चित मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गर्छन् ।

सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये कृषि विकास बैंकले मात्रै राष्ट्र बैंकको वित्तीय विवरण पेश गरेको छैन । भने वित्तीय विवरण पेश गर्ने २३ वटा वाणिज्य बैंकको वित्तीय विवरण पास भईसकेको हो । जसमध्ये लक्ष्मी बैंक, सनराईज बैंक र माछापुच्छ्रे बैंकले लाभांश घोषणा नगर्ने निर्णय सहित वार्षिक साधारण सभाको मिति तय गरेका हुन् । राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकको वित्तीय विवरण पास हुने चरणमै छ ।

राष्ट्रिय वाणिज्य बैंकः सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ३ करोड रुपैयाँ छ । हाल चुक्ता पुँजी १४ अर्ब ९४ करोड रुपैयाँ कायम रहेको बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई २०.३० प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

एनआइसी एशिया बैंकः सो अवधिमा ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवमा २ अर्ब २४ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १९.४३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

उल्लेखित लाभांश वाणिज्य बैंकहरुद्वारा सार्वजनिक गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणको आधारमा सम्भावित लाभांश मुल्यांकन गरिएको हो । राष्ट्र बैंकले आर्थिक वर्ष सकिएको १५ दिनसम्म प्राप्त ब्याजलाई पनि आम्दानीमा लेखांकन गर्न पाउने सुविधा दिएको छ ।

तर, केही वाणिज्य बैंकहरुले साउनको पहिलो सातादेखि नै गत आवको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका थिए । सो आधारमा साउन १५ गतेसम्म आम्दानीलाई लेखांकन गर्दा सम्भावित लाभांश थप हुन सक्छ । भने, बैंकहरुले अघिल्लो आवमा कमाएको नाफा र जगेडा कोषमा राखेको पैसाबाट समेत लगानीकर्तालाई लाभांश दिनसक्ने व्यवस्थाले बैंकहरुले घोषणा गर्ने लाभांश सम्भावित लाभांश भन्दा केही फरक पर्न सक्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्