Shikhar Insurance

महिला लघुवित्तको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ५, बुधबार ०९:३८
NIMB
Nabil Bank

काठमाडौं । महिला लघुवित्तको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ । मंगलबार साँझसम्म १४ लाख ४४ हजार ५ सय ८८ जनाले माग गरेका छन् ।

गत माघ ३० गतेदेखि महिलाको आईपीओ निष्काशन गरिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

करिब साढे १४ लाख आवेदकले २ अर्ब २४ करोड ८२ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड २४ लाख ८२ लाख ७ सय २० कित्ता सेयरका लागि आवेदन दिएका हुन् । महिलाले ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेकामा सर्वसाधारका लागि ३ लाख ७५ हजार कित्ता खुला गरिएको हो ।

१० करोड रुपैयाँ जारी पुँजी रहेको लघुवित्तले धितोपत्र बोर्डबाट माघ ८ गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापुँजी ६ करोड रुपैयाँ छ । आईपीओ जारीपछि कम्पनीको चुक्तापुँजी १० करोड रुपैयाँ पुग्नेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्