Shikhar Insurance

मिर्मिरे लघुवित्तद्वरा २३ प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०७९ पुष ७, बिहीबार १२:२१
NIMB
Nabil Bank

 

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले गत वर्षको मुनाफाबाट सेयरधनहिरुलाई २३ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

Citizen Life
Kumar Bank

लघुवित्तको पुस ६ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ५३ करोड १२ लाख ५ हजार रुपैयाँको २३ प्रतिशतका दरले हुन आउने १२ करोड २१ लाख ७७ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो। अघिल्लो आवमा लघुवित्तले २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

आर्थिक वर्ष २०७७र७८ मा मर्जर तथा प्राप्ती कार्य सम्पन्न गरी दुई संस्था प्राप्ति गरी एकिकृत कारोबार शुरु गरेको हुँदा बोनस सेयर वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनार्थ नगद लाभांश नछुट्याइएको लघुवित्तले सूचनामा उल्लेख गरेको छ।

लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्