Shikhar Insurance

नेप्से करिब स्थिर,यी ६ कम्पनीको लगानीकर्ताले कमाए मनग्य, कारोबार रकम १अर्ब माथि

सिंहदरबार संवाददाता
२०७९ पुष ७, बिहीबार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार स्थिर रहेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.०१ अंकले घटेर १,८६७.२१ को विन्दुमा बन्द भएको छ ।

यसदिन ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स भने १.७२ अंकले बढेर ३६७.०६ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

दिनभरीमा २४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता सेयर १ अर्ब ११ करोड ९७ लाख ९७ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम भने उल्लेख्य बढेको छ । अघिल्लो दिन ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

यस दिन कारोबारमा आएको ७६ कम्पनीको सेयर मूल्य बढेको छ । १२४ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्से स्थिर रहदा ६ वटा कम्पनीका लगानीकर्ताहरुले सेयर मूल्य ५ प्रतिशत भन्दा बढी कमाएका छन् । ५ प्रतिशत भन्दाबढी सेयर मूल्य बढ्ने यी कम्पनीहरु मध्ये ५ वटा लघुवित्त रहेको छ भने एउटा हाइड्रोपावर कम्पनी छ । यसदिन श्रृजनशील लघुवित्तको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ भने, धौलागिरी लघु्वित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै, आर्दश लघुवित्तको सेयर मूल्य ८.१९ प्रतिशतले बढेको छ। कालिका पावरको सेयर मूल्य ८.१५ प्रतिशत, नेरुडे लघुवित्तको ५.३८ र सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.३३ प्रतिशतले बढेको छ ।

यता आधिखोला लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ७.७० प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा आज मात्र ४० प्रतिशत लाभांश घोषणा गरेको नेपाल टेलिकम शीर्ष स्थानमा छ । कम्पनीको १४ करोड ९९ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, एनआईसी एशीया बैंकको ५ करोड ६९ लाख ६५ हजार, नबील बैंकको ५ करोड ३१ लाख ६६ हजार, हिमालयन डिस्टिलरीको ४ करोड ८१ लाख १३ हजार र शिवम् सीमेन्टको ३ करोड ९९ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्