Shikhar Insurance

सुनको मूल्य ११ सय रुपैयाँले घट्यो, अब कति ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ५, बुधबार १२:३४
NIMB
Nabil Bank

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ११ सय रुपैयाँले घटेर बुधबार सुनको मूल्य ८९ हजार आठ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार छापावाल सुनको मूल्य ९० हजार ९ सय रुपैयाँ थियो ।

तेजावी सुनको मूल्य प्रतितोला १०५० रुपैयाँले घटेर ९८ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुको मूल्य प्रतितोला ९० हजार चार सय रुपियाँ थियो । बुधबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १३ सय ६० मा झरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्