Shikhar Insurance

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शत प्रतिशत लाभांश वितरण

सिंहदरबार संवाददाता
२०७९ पुष ८, शुक्रबार १२:५६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लगानीकर्ताहरुका लागि शत प्रतिशत लाभांश घोषणा गरेको छ । नेप्सेले आर्थिक वर्षक २०७८र०७९ को नाफाबाट १०० प्रतिशत नगद लाभांश दिने भएको हो ।

नेप्सेको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १०० प्रतिशत (करसहित) नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले पुस २९ गते ४१ औं बार्षिक साधारण सभा बोलाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा अध्यक्ष प्रतिवेदन पेश गर्ने, उक्त आवको लेखापरीक्षको प्रतिवेदन पेश गर्ने, आर्थिक वर्ष २०७९र०८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमीक तोक्ने लगायतका प्रस्ताव रहेका छन् ।

हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सन्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.४ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत र अन्यको ०.६० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्