Shikhar Insurance

चिनी मिललाई उखु अभाव, नगदमै किन्छु भन्दापनि पाएनन् उखु

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ५, बुधबार १३:५७
NIMB
Nabil Bank

 

महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा यसपालि चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ । गत पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा आवश्यक मात्रामा उखु आयात नहुँदा मिललाई उखुको अभाव सिर्जना भएको महाप्रबन्धक कृष्णचन्द्र दासले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

विगतका वर्षमा दैनिक ५०/६० हजार क्वीन्टल र कुनै कुनै दिन एक लाख क्वीन्टलसम्म उखु क्रसिङ हुने यस मिलमा अहिले उखु अभावमा दैनिक १०/१२ हजार क्वीन्टल मात्रै क्रसिङ हुने गरेको छ । मिलको क्षमताअनुसार उखु प्राप्त नहुँदा उखु क्रसिङ तथा चिनी उत्पादन हुन नसकेको जनाइको छ । अहिले चिनी मिलका कर्मचारीले नगद रुपैयाँ लिएर महोत्तरी, धनुषा, सर्लाही जिल्लाको गाउँगाउँमा उखु खरीद गर्न गए पनि किसानले आवश्यक मात्रामा उखु मिललाई बिक्री गरिरहेका छैनन् ।

यता उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेश सिंहले चिनी उद्योगले उखु उत्पादकलाई उखु लिएबापतको रकम भुक्तानी गर्न दुई/तीन वर्ष लगाउने गरेको, पैसाको लागि आन्दोलन गर्नुपरेको र आफ्नै पैसाका लागि ज्यानसम्म गुमाउनु परेको कारण किसानले पर्याप्त मात्रामा उखु उत्पादन नगर्दा मिललाई उखु अभाव भएको बताए ।

मिललाई उधारोमा उखु बिक्री गर्नुको साटो किसानले अहिले गाउँघरमै स्थानीयस्तरमा सख्खर तयार गर्ने क्रसिङ सेन्टरमा नगदमै उखु बिक्री गरिरहेको उनले बताए । “यसवर्ष जिल्लामा उखु उत्पादनमा ४० प्रतिशतले कमी आएको छ भने चिनी मिलको रवैया कारण विस्तारै उत्पादनको परिणाम घट्दै जाने निश्चित छ ।”

कुनैबेला ५८ लाख क्वीन्टल उखु क्रसिङ गरेर मुलुककै पहिलो चिनी कारखाना बनेको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजका यार्ड (उखु लिएर आएका गाडी पार्किङ गर्ने ठाउँ) अहिले सुनसान छ भने चिनी मिलले नगदमै पनि उखु पाउन नसक्दा मिललाई उखुको अभाव सिर्जना भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्