Shikhar Insurance

बुधबार पनि नयाँ उचाइमा नेप्सेः बैंकिङ सबइन्डेक्सले उचाल्यो परिसूचक, निफ्राको सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ५, बुधबार १७:०६
NIMB
Nabil Bank

काठमाडौं । नेपाली सेयर बजार बुधबार पनि नयाँ उचाइमा पुगेको छ । पछिल्लो समय हरेक दिन नयाँ ऐतिहासिक बिन्दुमा पुगेको नेप्से परिसूचक बुधबार २६११.४५ अंकमा पुगेको हो ।

बजारमा कारोबारमा आएका अधिकांश उपसूचकमा गिरावट आउँदा पनि नेप्से परिसूचक बढेको छ । वृद्धिका लागि बैंकिङ उपसूचकमा दोहोरो अंकको सुधारले साथ दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार नेप्से परिसूचक ९.९४ अंकले बढेर २६११.४५ अंकमा कायम भएको छ । बजारमा कारोबार रकम भने घटेको छ । कारोबार समयमा नेप्से २६२४ अंकसम्म पुगेको थियो ।

यसदिन वाणिज्य बैंकसँगै व्यापार, विकास बैंक, अन्य र म्युचुअल फन्डको समूहगत उपसूचकमात्र हरियाली छाए । उत्पादनमुलक समूह १.४८ प्रतिशत, निर्जीवन बिमा १.०२ प्रतिशत र लघुवित्त १ प्रतिशले घटेका छन् ।

बुधबार कारोबार रकम ८ अर्ब रूपैयाँमा सीमित भएको छ । सो क्रममा बजारमा २ सय ३ कम्पनीको १ करोड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता सेयर ८ अर्ब ३ करोड ५५ लाख ११ हजार रुपैयाँमा किनबेच भए ।

सेयर बजारमा बुधबार नेपाल इन्फ्रास्टक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर ६९ करोड ४३ लाख ६१ हजारमा किनबेच भए ।

नेप्सेमा नेपाल इन्फ्रास्टक्चर बैंकसहित कर्पोरेट डेभलमेन्ट बैंक, हिमालयन ऊर्जा विकास कम्पनी र समृद्धि फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढे ।

GBIME

प्रतिक्रिया दिनुहोस्