Shikhar Insurance

महिला लघुवित्तको आईपीओमा पर्‍यो १५लाख ८० हजारको आवेदन

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ५, बुधबार १७:५६
NIMB
Nabil Bank

काठमाडौं । महिला लघुवित्तको आईपीओमा १५ लाख ८० हजारभन्दा बढिको आवेदन दिएका छन् । आईपीओ बिक्रीको अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म १५ लाख ८० हजार ७ सय ८१ जनाले २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रूपैयाँ बराबरको २ करोड ४६ लाख ६६ हजार १ सय ७० कित्ता सेयरका लागि आवेदन दिएका हुन् ।

गत माघ ३० गतेदेखि महिलाको आईपीओ निष्काशन गरिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५.७ गुणा बढी हो । आवेदकमध्येबाट ३७ हजार ५ सय जनाले गोलाप्रथाबाट १०/१० कित्ता पाउनेछन् ।

१० करोड रुपैयाँ जारी पुँजी रहेको लघुवित्तले धितोपत्र बोर्डबाट माघ ८ गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापुँजी ६ करोड रुपैयाँ छ । आईपीओ जारीपछि कम्पनीको चुक्तापुँजी १० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोष र ५ हजार कित्ता कर्मचारीको लागि छुट्ट्याएर बाँकी रहेको ३ लाख ७५ हजार कित्ता सेयर भने सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा ६ करोड १७ लाख ८० हजार सञ्चित नाफामा रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ८२ पैसा रहेको थियो । यो लघुवित्तले आर्थिक वर्ष २०७६/०७७ मा ९ करोड ३५ लाख ४० हजार सञ्चित मुनाफा आर्जन गर्दै प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ १६ पुगेको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ मा १४ करोड ४७ लाख ६६ हजार, आर्थिक वर्ष २०७८/०७९ मा २१ करोड १ लाख ३२ हजार र आर्थिक वर्ष २०७९/०८० मा ३१ करोड ४९ लाख ५२ हजार सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण लघुवित्तले गरेको छ ।

लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हो ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ डबल बी’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्