Shikhar Insurance

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा अनेरास्ववियूले आयल निगम घेर्दै

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ५, बुधबार १८:३१
NIMB
Nabil Bank

काठमाडौं । सरकारले सातामा दुईपटक तेलको मूल्य बढाएको भन्दै अनेरास्ववियूले विरोधको कार्यक्रम गर्ने भएको छ । अनेरास्ववियूले बिहीबार बिहान साढे ८ बजे देशभरका क्याम्पस अगाडि प्रदर्शन गर्ने र ११ बजे नेपाल आयल निगम घेराउ गरी निगममा ज्ञापन पत्र बुझाउने भएको हो ।

सरकारले जनताको ढाड सेक्ने काम गरेको अनेरास्ववियूको आरोप छ । मूल्य बढाउँदा निगमले स्वचालित मूल्य प्रणााली अनुसार गर्ने र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा यथावत राख्ने गरेको अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । बाँकी संघर्षका कार्यक्रम निगमको प्रतिक्रिया पछि घोषणा गरिने बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

निगमले १ साताका बिचमा डिजेल र पेट्रोलमा प्रतिलिटर ४/४ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्