Shikhar Insurance

कोरोना खोप किन्न अर्थले स्वास्थ्यलाई पठायो एक अर्ब

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ५, बुधबार १९:३१
NIMB
Nabil Bank

काठमाडौं । कोरोना विरुद्धको खोप खरिदका लागि अर्थमन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई एक अर्ब रुपैयाँ पठाएको छ । अर्थ मन्त्रालयले ५०।५० करोड गरि कुल एक अर्ब रुपैयाँ पठाएको हो । सरकारले

अर्थ मन्त्रालयले कोरोना विरूद्धको खोप किन्न स्वास्थ्य मन्त्रालयलाई कुल १ अर्ब रूपैयाँ चलाउन स्वीकृति दिएको छ । अर्थ स्रोतका अनुसार ५०–५० करोड गरी २ बल्कमा चलाउने सहमति दिएको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अक्सफोर्ड–अस्ट्राजेनिका र भारतको सिरम इन्स्टिच्युटमा तयार पारेको कोरोना खोप खरिद गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सिरमले ८० प्रतिशत रकम एडभान्समा पठाएपछि मात्रै कोरोना खोप उपलब्ध गराउने बताएको छ । यस अघि सिरमले नै उत्पादन गरेको कोभिसिल्ड खोप १० लाख थान भारतले अनुदानमा उपलब्ध गराएको थियो । सरकारले सोही खोप खरिद गर्न लागेको हो ।

खोप खरिदलाई सहज बनाउन सरकारले सार्वजनिक खरिद नियमावली नै संसोधन गरिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्