Shikhar Insurance

नहुने भयो सनराइज र कृषि विकासकाे पुस भित्रै साधारणसभा, बाँकी बैंकहरुमा कसकाे कहिले ?

मिरा श्रेष्ठ
२०७९ पुष १४, बिहीबार १२:४६
NIMB
Nabil Bank

काठमाडौं । कम्पनी ऐनअनुसार दर्ता भएका सबै कम्पनीहरुले पुस मसान्त अगावै आर्थिक वर्ष सकिएको ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरिसक्नु पर्छ । कम्पनी ऐनको दफा ७६ ले पब्लिक लिमिटेड कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना भित्र वार्षिक साधारणसभा गर्नुपर्ने व्यवस्था गरेको हो ।

यसरी साधारणसभा ६ महिना भित्रै सम्पन्न नगर्ने कम्पनीहरुले मनासिव कारण देखाएर हर्जना वापत ५ हजार रुपैयाँ तिरेपछि साधारणसभा गर्ने समय १ महिना थप हुन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोही नियम बैंक तथा वित्तीय संस्थाहरुमा पनि लागू हुन्छ । तोकिएको समयमा वार्षिक साधारण सभा नगर्ने कम्पनीहरुले हर्जना समेत तिर्नुपर्ने कानुनी प्रावधान हो । तर, यो वर्षभने कानुनी व्यवस्थाअनुसार २ वटा वाणिज्य बैंकले वार्षिक साधारणसभा नगर्ने पक्का भएको छ ।

साधारणसभा गर्नको लागि २१ दिन अगावै सार्वजनिक सुचना जारी गर्नुपर्ने हुन्छ । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुमध्ये १२ वटाले आव २०७८/७९ को वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् भने १२ वटाले साधारणसभाको मिति पुस मसान्त अगावैलाई तोकिसकेका छन् ।

तर, कृषि विकास बैंक र सनराइज बैंकले भने हालसम्म साधारणसभाको मिति तय गरेका छैनन् । कानुनी प्रावधान अनुसार अब यी बैंकहरुले पुस आर्थिक वर्ष सकिएको ६ महिनाभित्रै साधारणसभा सम्पन्न गर्नु पर्ने र सोको लागि २१ दिन अघि सुचना जारी गर्नु हो । जसअनुसार पुस २९ गते साधारण सभाको मिति तय गर्दै केही वाणिज्य बैंकले पुस ८ गते नै साधारणसभाको लागि सुचना सार्वजनिक गरेका थिए । तर, पुसको १४ गते बित्तिसक्दा पनि साधारणसभाको लागि तदारुक्ता नदेखाएका कृषि र सनराइज बैंकले साधारणसभा पुस मसान्तभित्रै गर्न नसक्ने पक्का भएको हो ।

सनराइज बैंकले मंसिर २५ गते नै गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरिसकेको छ । बैंकको चालु आवको पहिलो त्रैमासमा वितरण योग्य नाफा र संचित खाता नकारात्मक भएपछि नेपाल राष्ट्र बैंकले लाभांश वितरण गर्न अनुमति नदिएको हो । सेयरधनीमा लाभांश वितरण गर्नु नपर्ने भएपछि बैंकले पुस मसान्त अगावै साधारणसभा सम्पन्न गर्ने चटारो सारेको देखिन्छ ।

यता, कृषि विकास बैंकको भने राष्ट्र बैंकले प्रारम्भिक वित्तीय विवरण नै पास गरेको छैन । बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभा गर्नका लागि सो आवको वित्तीय विवरण राष्ट्र बैंकमा बुझाउनु पर्ने हुन्छ । राष्ट्र बैंकले सोही वित्तीय विवरणलाई प्रारम्भिक स्वीकृत गरेपछि बैंकले सो आवबाट सेयरधनीलाई दिने लाभांश घोषणा गर्छन् भने घोषित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछिमात्रै बैंकले लाभांश वितरण प्रस्ताव सहित साधारणसभाको मिति तय गर्छन् ।

अधिकांश वाणिज्य बैंकले कात्तिक नलाग्दै राष्ट्र बैंकमा वित्तीय विवरण पेस गरी प्रारम्भिक स्वीकृति पाउँन थालेका हुन् । भने सिटिजन्स र कुमारी बैंकले कात्तिक महिनामै वार्षिक साधारणसभा सम्पन्न गरेका थिए । हालसम्म साधारणसभा सम्पन्न गर्ने बैंकहरुमा ५ वटाले मंसिर महिनाभित्रै र ५ वटा पुसमा गरेका हुन् । १२ वटा वाणिज्य बैंकहरुले वार्षिक साधारणसभा सम्पन्न गर्दा पनि कृषि विकास बैंकले राष्ट्र बैंकमा वित्तीय विवरण पेस गरेको थिएन ।

बैंकले पुस महिना लागेपछिमात्रै वित्तीय विवरण पेश गरेको राष्ट्र बैंक स्रोतले बताएको छ । आन्तरिक लेखा परिक्षण सम्पन्न गर्न समय लागेको हुँदा राष्ट्र बैंकमा वित्तीय विवरण पेश गर्न ढिला भएको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए ।

‘हाम्रो फाइनल अडिट गर्नु नै समय लागेको हुँदा राष्ट्र बैंकमा वित्तीय विवरण पेश गर्न ढिला भएको हो,’ बैंकका प्रवक्ता पौडेलले सिंहदरबारसँग भने,’ ‘राष्ट्र बैंकबाट अहिलेसम्म प्रि एप्प्रुवल नै आएको छैन, त्यसकारणले गर्दा अब हामीले पुस मसान्त अगावै साधारणसभा गर्न नसक्ने भयौं ।’

राष्ट्र बैंकबाट वित्तीय विवरणमा प्रारम्भिक वित्तीय विवरणको स्वीकृति नआएको हुँदा बैंकले हालसम्म गत आवको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश समेत घोषणा गर्न पाएको छैन ।

दर्जन बैंकले कति लाभांश सेयरधनीको खातामा पठाउँदै कहिले साधारण सभा गर्दै?
हालसम्म १२ वाणिज्य बैंकले साधारणसभा सम्पन्न गरेका हुन् भने, १२ वटाले मिति तोकेर सभाको तयारी गरिरहेका छन् । जसमा ६ वटा बैंकको पुस २८ गते र ४ वटा बैंकले पुस २९ गतेलाई साधारणसभाको मिति तय गरेका हुन् । भने, २ वटा वाणिज्य बैंकले पुस २५ गते साधारण सभा गर्दै छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्