Shikhar Insurance

लगानीकर्ताको मनोबल बढ्दैछ, अब एनआरएन पनि भित्रिन्छन्ः अध्यक्ष ढुंगाना

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ५, बुधबार २०:२९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सेयर बजारको स्थायित्वका लागि संस्थागत लगानीकर्ताहरुको संख्या बढाउनुका साथै गैर आवासिय नेपालीहरुलाई पनि लगानीको व्यवस्था गर्न लागेको बताएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका पौडेल नेतृत्वको लगानीकर्ताहरुसँगको भेटमा उनले पुँजी बजारको विकासका लागि नयाँ नयाँ संस्थागत लगानीकर्ता भित्र्याउने र एनआरएनलाई लगानीको वातावरण बनाउने काम अघि बढाएको बताएका हुन् । एनआरएनलाई कसरी पुँजी बजारमा भित्र्याउन सकिन्छ भन्नेबारे अध्ययन गर्न विज्ञ समिति नै गठन गरेको जानकारी पनि दिए ।

उनले सामाजिक सुरक्षा कोषलाई पनि पुँजी बजारमा लगानीका लागि बाटो खोल्ने काम अघि बढाएको जानकारी पनि दिए । उनले सूचिकृत संस्थाहरुको वित्तिय विवरणलाई थप पारदर्शी बनाउने काम पनि अघि बढाएको बताए । साथै, अर्थतन्त्रका आधारभूत संरचना सकारात्मक बन्दै गएको, पुँजी बजार प्रविधि मैत्री बनेको, पुँजीगत लाभकरको किचलो पनि हटेकाले लगानीकर्ताहरुको मनोबल उच्च बन्दै गएको दावी पनि गरे ।

Citizen Life
Kumar Bank

भेटमा पुँजी बजार फोरमका सभापति पौडेल, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल र लगानीकर्ता दबाव समुहका संयोजक हरि ढकाल लगायत सहभागी थिए । उनीहरुलाई अनलाइन प्रणालीको सुधार, ब्रोकरको पहुँच विस्तार र लगानीकर्ता साक्षरता कार्यक्रम अघि बढाउन माग गरेका थिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्