Shikhar Insurance

फोटोन भ्यानमा शतप्रतिशतसम्म फाइनान्स सुविधा

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ५, बुधबार २०:५४
NIMB
Nabil Bank

काठमाडौं । नेपालका लागि फोटोन ब्रान्डका कमर्सियल भेहिकलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले नेपालमा हालै सार्वजनिक गरेको भ्यु सीएस२एल भ्यानमा शतप्रतिशत फाइनान्सको अफर लागू गरेको छ । फोटोनको भ्यु सीएस २ एल भ्यान नेपालको पहिलो र एक मात्र १८ सिटे भ्यान रहेको कम्पनीले जनाएको छ ।

एमएडब्लु वृद्धिले विभिन्न फाइनान्सिङ पार्टनरहरुसँग सहकार्य गरेर फोटोनको भ्यु सीएस२एल भ्यान खरिद गर्न चाहने ग्राहकलाई शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा दिएको जनाएको छ । यो सुविधा उपभोग गर्ने ग्राहकले अधिकतम ७ वर्षको ऋण अवधि पाउने जनाइएको छ । यो अफरले व्यवसायिक प्रयोजनका लागि भ्यान खरिद गर्न खोजिरहेका ग्राहकलाई सहज बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो भ्यानमा आईएसएफ २.८ लिटरको कमिन्ज इन्जिन राखिएको छ । यसमा रहेको थप तीन वटा सिटले गर्दा दुई गुणा बढी आम्दानी हुने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्