Shikhar Insurance

चार वर्षदेखि सम्पर्कमा नआएका संसद्‍का कर्मचारी अधिकारी बर्खास्त

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ६, बिहीबार ०९:२१
NIMB
Nabil Bank

काठमाडौं । चार वर्षदेखि सम्पर्कमा नआएका संसद्‍ सचिवालयका एक कर्मचारीलाई बर्खास्त गरिएको छ । संसद्‍ सचिवालयमा नायब माइक सञ्‍चालक पदमा रहेका प्रलाद अधिकारीलाई कारबाही गरेको हो । २०७३ माघ २५ देखि कुनै पनि बिदा स्वीकृत नगराई उनी सचिवालयमा अनुपस्थित रहँदै आएका छन् ।

बिना जानकारी बिदा बस्‍ने कर्मचारीलाई गयल र तलब कट्टी गरी हाजिर नगराउने उल्लेख छ । कुनै पदाधिकारीले हाजिर गराएमा कर्मचारीले खाएको तलब, भत्तासमेत असुल उपर गर्ने निजामती सेवा ऐनमा उल्लेख छ । मन्त्रालयले ती कर्मचारीलाई ३० दिनभित्र मनासिव कारणसहित सफाई पेश गर्ने मौका दिएको छ । कतिपय कर्मचारी विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर कार्यालयबाट सम्पर्कविहिन हुनेगरेको कर्मचारीहरु बताउँछन् ।

Citizen Life
Kumar Bank

निजामती ऐन चौथो संशोधनले कुनै पनि कर्मचारीले डिभीरपिआर लिएको भए ६० दिनभित्र रद्द गरे कारबाहीबाट बच्‍न सक्ने कानुनी व्यवस्था गरेको छ । ऐनको ६१ घ मा कर्मचारीले ६० दिनभित्र आवासीय अनुमति रद्द गरेको जानकारी गराए तथा कुनै पनि मुलुकमा आवेदन दिएको अवस्थामा रद्द गर्नका लागि लिखित अनुरोध गरेको पत्र प्रमाणको रुपमा पेश गरे कारबाहीबाट बच्‍न सक्ने प्रावधान राखेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्