Shikhar Insurance

एनएमबि बैंकको सिईओमा सुनिल केसी दोहोरिए, ३१ बर्षको बैंकिङ करिअर

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ६, बिहीबार १३:५९
NIMB
Nabil Bank

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी दोहोरिएका छन् । माघ ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले केसीलाई दोस्रो कार्यकाल सिइओ नियुक्त गरेको हो । चैत १ गतेदेखि लागु हुने गरि केसीलाई पुनः सिइओ नियुक्त गरिएको हो ।

केसीलाई पहिलो कार्यकालका रुपमा २०७३ साल चैत १ गतेदेखि एनएमबि बैंकको सिइओको जिम्मेवारी दिईएको थियो । सन १९९० मा स्ट्याण्डर्ड चाटर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका केसीले त्यहाँ १८ वर्ष काम गरेका थिए । उनी बिचमा एक वर्ष एनआइसी बैंकमा पनि आवद्ध हुन पुगे ।

Citizen Life
Kumar Bank
Nepal Life

एनएमबिमा उनी डेपुटी जनरल मेनेजरका रुपमा प्रवेश गरेका थिए । एनएमबि बैंकमा उनी पछिल्लो १२ वर्षदेखि आवद्ध छन् । एमबिएसम्मका अध्ययन गरेका केसीलाई शालिन बैंकर मानिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्