Shikhar Insurance

सेयर बजार २६३६.६८ अंक पुग्यो नेप्से, ८ अर्ब ७६ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ६, बिहीबार १६:५०
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजार बढ्ने क्रम बिहिबार पनि रोकिएन र नेप्से २६३६.६८ अंक पुगेको छ । बिहिबार परिसूचक २३५.२३ अंकले बढेको हो । यो दिन २०६ कम्पनीको एक करोड ९६ लाख ४६ हजार ५ सय ७८ कित्ता सेयर ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७ सय ८५ रुपैयाँमा किनबेच भएको हो ।

बिहिबार जीवन र निर्जीवन बीमा कम्पनी तथा माइक्रोफाइनान्स बाहेकका सबै सब इण्डेक्स बढेका छन् । एनआईसी एसिया बैंकको ५६ करोड, इन्फ्रास्ट्रक्चर बैंकको ५० करोड, सिभिल बैंकका २८ र ग्लोबल आईएमई बैंकको २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्