Shikhar Insurance

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड डलर सहयोग गर्ने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ६, बिहीबार १७:४३
NIMB
Nabil Bank

फागुन । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा शुरुमा कटौती गरेका थिए र पछि सहयोग रकम रोकेको थियो ।
अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बुधबार अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने इच्छा व्यक्त गरेको थियो ।
उनले अमेरिकाले सो रकम यसै महिनाको अन्त्यसम्ममा विश्व स्वास्थ्य संगठनलाई दिने भएको जानकारी बुधबार दिए । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक बैठकमा उनले सो कुरा बताएका हुन । बुधबार उनले भने– अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड जति अमेरिकी डलर रकम उपलब्ध गराउन लागेको हो ।
विदेशमन्त्री एन्टोनीले अमेरिकाको एउटा दायित्व अन्तर्गत नै हामीले विश्व स्वास्थ्य संगठनलाई यो रकम उपलब्ध गराउन लागेको हो भने । हालको विश्वव्यापी महामारीका क्रममा विश्व स्वास्थ्य संगठनलाई बजेट आवश्यक परेको महसुस भएको र सोही अनुसार यो रकम उपलब्ध गराउन लागेको उनले बताए ।

गत वर्ष मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिएको सहयोग रोक्ने मात्र नभएर सो संगठनबाट अमेरिका बाहिरिएको निर्णय गरेका थिए । यो निर्णयको सर्वत्र विरोध भएको थियो । अमेरिका भित्रै र बाहिर पनि सो निर्णयको विरोध भएको बताइएको थियो । पछि अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन आएपछि अमेरिका विश्व स्वास्थ्य संगठनको सदस्यबाट बाहिरिने निर्णय खारेज गरेका थिए । जो बाइडेनले राष्ट्रपति पदको कार्यभार सम्हालेकै दिनमा नै उनले अघिल्लो ट्रम्प प्रशासनको सो निर्णय उल्ट्याएका थिए । रासस

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्