Shikhar Insurance

अमेरिकालाई उछिन्दै चीन बन्यो युरोपेली संघको सबैभन्दा ठूलो व्यापारिक पार्टनर

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ६, बिहीबार २०:३२
NIMB
Nabil Bank

काठमाडौं । चीनले युरोपेली संघको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रुपमा अमेरिकालाई प्रतिस्थापन गरेको छ । युरोपका सबै प्रमुख व्यावसायिक पार्टनर कोभिड महामारीबाट प्रभावित भएपछि यसको फाइदा चीनलाई पुगेको हो ।

गत वर्ष चीन र युरोपेली युनियनबीच झन्डै ७०९ अर्ब डलरबराबरको कारोबार भएको थियो । उता अमेरिकासँग चाहिँ ६७१ अर्बको कारोबार भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

चीनको अर्थतन्त्रमा प्यान्डेमिकको सुरुवातमा ठूलो नोक्सान पुगे पनि पछि युरोपेली संघबाट सरसामानहरूको माग अधिक बढ्न पुग्दा अर्थतन्त्र पुनः पहिलेको अवस्थामा आएको हो । २०२० मा विश्वका प्रमुख अर्थतन्त्रहरूमध्ये ठूलो आर्थिक वृद्धि देखा पर्ने चीन एकमात्र मुलुक हो । त्यहाँ विशेषगरी युरोपेली कार र लक्जरी सरसामानको माग उचाइमा पुगेको छ । त्यस्तै युरोपमा चीनले मेडिकल सामग्री र विद्युतीय वस्तुहरूको समेत ठूलो निर्यात गरेको हो ।

यससम्बन्धी युरोपेली संघको तथ्यांक विभागले उल्लेख गरेको छ, “२०२० को वर्षमा ईयूको सबैभन्दा ठूलो पार्टनर चीन थियो । चीनसँगको आयातमा गत वर्ष ५.६ प्रतिशतले वृद्धि भएको हो भने निर्यातमा पनि २.२ प्रतिशत वृद्धि देखिएको छ । यसैको नतिजा स्वरुप चीनसँगको व्यापारिक कारोबार बढ्न पुगेको हो ।” उता चीनतर्फबाट सार्वजानिक गरिएको तथ्यांकमा पनि यस्तै किसिमको डाटा रहेको थियो । यसका साथै चीनसँग ईयूको व्यापार घाटा पनि १९९ अर्बबाट बढेर २१९ अर्ब डलर पुगेको हो ।

यसमा राष्ट्रपति जो बाइडेनले युरोपसँग अमेरिकाको व्यापारिक नीति बदल्नेसम्बन्धी भने स्पष्ट गरिसकेका छैनन् । पछिल्ला केही वर्ष अमेरिका आफ्ना अधिकांश मित्रराष्ट्रसँग व्यापारिक युद्धमा मुसिएको थियो । अर्कोतर्फ ईयू र चीनले चाहिँ आफूहरूबीचको व्यापारिक सम्बन्ध झन् गहिरो बनाउने प्रयास गरिरहेका छन् । दुवै पक्षले लगानीसम्बन्धी सम्झौता गरिरहेका छन् भने चिनियाँ बजारमा युरोपलाई स्थान दिनेबारे पनि कुरा भइरहेको छ ।

अर्थविद्हरूले २०२० को मन्दीपछि अबको वर्ष आर्थिक गतिविधि ठूलो स्तरमा वृद्धि हुन सक्ने बताइरहेका छन् । विश्वव्यापी व्यापारिक मूल्य २०२० मा १६.४ प्रतिशतले घटेको थियो जुन यस वर्ष ७.६ प्रतिशतले बढेर १६.४ ट्रिलियन पुग्ने अनुमान छ ।

बीबीसी

GBIME

प्रतिक्रिया दिनुहोस्