Shikhar Insurance

वर्ल्डलिंकले गैरकानुनी रुपमा नेटटीभी चलाएको खुलासा

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ६, बिहीबार २०:५२
NIMB
Nabil Bank

काठमाडौं । वर्ल्डलिंकले गैरकानुनी रुपमा नेटटीभी चलाएको खुलेको छ । नेपाल केबल टेलिभिजन महासंघले अनुसार वर्ल्डलिंकले सञ्चार मन्त्रालयबाट प्रशारणको अनुमति नै नलिइ अवैध रुपमा टीभी सञ्चालन गरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएको हो ।

आईपीटीभीको लाइसेन्स सेटअप बक्सको माध्यमबाट मात्रै टीभी प्रशारण गर्न पाउने कानुन रहेको जानकारी गराउँदै महासंघले गैरकानुनी प्रशारण बन्द गरिनुपर्ने माग गरेको हो । नेटटीभीले सेटअप बक्ससँगै ओटीटीमार्फत अर्थात् मोबाइल एपमा टीभी देखाउने व्यवस्था कानुनबमोजिम नरहेको महासंघका दाबी छ ।सरकारबाट अनुमति नै नलिइ काम गरेपछि कानुनी दायरामा ल्याउनुपर्ने माग महासंघको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले दूरसञ्चार प्राधिकरको लाइसेन्सका आधारमा टीभी चलाएको हो, जबकि प्रशारणको अनुमतिपत्र सञ्चार मन्त्रालयले दिनुपर्छ ।

नेटटीभी आईपीटीभी हो । यो सेटअप बक्सको माध्यमबाट सञ्चालन हुने गरेको छ भने मोबाइल एप्समार्फत पनि नेटटीभी हेर्न सकिन्छ ।

सरकारले एनआईटीभी स्ट्रिम्न प्रालिलार्इ वि.सं. २०७१ मा आईपीटीभी सञ्चालन गर्ने इजाजत दिएको थियो । इजाजतपत्रअनुसार सो कम्पनीले सेटटप बक्सबाट मात्र टेलिभिजन प्रसारण गर्न पाउँछ ।

महासंघका अनुसार सो कम्पनीले अहिले डाउनलिंक अनुमति प्राप्त नभएका च्यानल, सेन्सर नै नगरिएका नेपाली तथा विदेशी चलचित्र र कार्यक्रम तथा भिडियो अन डिमान्डअन्तर्गत मोबाइल सेटमा हेर्न मिल्नेगरी गैरकानुनी रुपबाट प्रसारण गरिरहेको छ ।

सो कम्पनीले अहिले आफूले स्थापना गरेको डिजिटल प्रसारण केन्द्रबाट सिग्नल वर्ल्डलिंकलाई प्रदान गरेको छ र, वर्ल्डलिंकले आफ्ना इन्टरनेटका ग्राहकलार्इ प्रसारण गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्