Shikhar Insurance

बीमा क्षेत्रले समाजवाद स्थापनाको आधार तयार गर्नुपर्छः बीमा समिति अध्यक्ष

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ७, शुक्रबार ११:०६
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिका नव नियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा क्षेत्रले समाजवाद स्थापनाको आधार तयार पार्नुपर्ने बताएका छन् । सिंहदरबारसँगको अन्तरवार्तामा अध्यक्ष सिलवालले संबिधानले नै समाजवादको परिकल्पना गरेकाले त्यसका लागि बीमा क्षेत्रले ग्रामिण क्षेत्रमा पुगेर काम गर्नुपर्ने बताएका हुन् । अध्यक्ष सिलवालले बीमा क्षेत्रका तमाम बिकृति र कमीकमजोरीलाई सुधार गर्दै नागरिकको विश्वास जित्ने अवस्थामा पुर्याउन आफुले भूमिका खेल्ने बताए ।

उनले बीमालाई शहरका सिमित धनाढ्यहरुको घेराबाट गाउँ गाउँ पुर्याउने पनि बताए । ‘म काठमाडौंको मान्छे, बीमा समितिको अध्यक्ष छु तर मलाई मेरो घरको बीमा कसरी गर्नुपर्छ भन्ने अझै थाहा छैन् । कसैले मलाई बीमा गर्नुस भनेको पनि छैन् । अब भन्नुस् गाउँ गाउँमा कसरी पुगेको होला ।’, अध्यक्ष सिलवालले प्रश्न गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले एउटै व्यक्ति तथा व्यवसायीक घरानाहरुले थुप्रै बीमा कम्पनीमा लगानी गर्ने क्रममा पनि सुधार ल्याउने स्पष्ट पारे । ‘एउटै व्यक्तिले थुप्रै कम्पनीहरुमा लगानी गरेका छन् । मैले धेरै हेरिररहेको विषय पनि क्रस होल्डिङ  हो । विषय बस्तु स्पष्ट भएपछि बोलाएर लगानी फिर्ता लिन भन्छु, नभए कानुन अनुसार गरिनेछ । त्यहि घरानाले बैंक चलाउने, उसैले इन्स्योरेन्स चलाउने, यताको पैसा उता लैजाने काम अब रोकिन्छ ।’, अध्यक्ष सिलवालले भने ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्