Shikhar Insurance

व्यवस्था जोगिए मात्रै समृद्धि सम्भव हुन्छः माधव नेपाल

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ७, शुक्रबार १२:०६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले व्यवस्था जोगिए मात्रै समृद्धिको सपना पुरा हुने बताएका छन् । सिंहदरबार डटकमको सुभारम्भ गर्दै नेकपा अध्यक्ष नेपालले अहिले व्यवस्था नै संकटमा परेकाले त्यसलाई जोगाएर समृद्धिको यात्रालाई सहज बनाउनु सबै नेपाली नागरिकको साझा दायित्व हुने बताएका हुन् ।

‘अहिले सिंगो व्यवस्था नै संकटमा परेको छ, संघीय लोकतान्त्रिक गणतन्त्र जोगिए मात्रै नागरिकको समृद्धिको सपना चाँडो पुरा हुन्छ, हामी पहिले व्यवस्था जोगाउँछौं अनि समृद्धिका लागि लड्छौं’, अध्यक्ष नेपालले भने । संबिधानले नै समाजवाद उन्मुख व्यवस्था ल्याउने भनेकाले राजनीतिक दलहरुको पहिलो प्राथमिकता बनेको तर केपी ओलीले गाणतन्त्र नै मास्न खोजेको आरोप पनि लगाए । ‘हामी समृद्धिको अभियानमा थियौं, ओलीले व्यवस्थै मास्न खोजे त्यसकारण अहिले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन आन्दोलनमा जानु परेको हो ।’, अध्यक्ष नेपालले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले आफुहरुको आन्दोलन पदका लागि नभएर देश र जनताका लागि भएको पनि बताए । ओलीलाई सुध्रिएर जनपक्षिय काम गर्न आग्रह गर्दा प्रतिनिधी सभा नै बिघटन गरेको आरोप पनि लगाए । अध्यक्ष नेपालले युवाहरु उत्पादन र व्यवसायीकतासँग जोडिनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा संसदको विकास तथा प्रतिनिधी सभापति कल्याणी खड्काले पनि राजनीतिक व्यवस्था राम्रो भए मात्रै समृद्धि आउने बताइन् ।
अर्का सांसद यज्ञराज सुनुवारले पनि युवाहरुले आर्थिक उपार्जनसँग जोडिएर राजनीतिक अभियानमा सरिक हुनुपर्ने धारणा राखेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्