Shikhar Insurance

‘आईपीओको १० कित्ता पुनरावलोकनबारे माहोल बनिरहेको छ’

भिष्मराज ढुंगाना
२०७७ फाल्गुन ७, शुक्रबार १५:५५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आईपीओको १० कित्ते प्रावधानबारे पुनरावलोकन गर्ने माहोल बन्दै गएको बताएका छन् । सिंहदरबारसँग कुरा गर्दै अध्यक्षले पछिल्लो समय १० कित्ता सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने वातावरण तयार हुँदै गएको बताएका हुन् ।

‘मैले १० कित्ता सम्बन्धी व्यवस्थाबारे पुनर्विचार गर्नुपर्छ भनेको थिएँ, सुरुमा आलोचना पनि भयो तर अहिले भने वातावरण बन्दै गएको छ’, अध्यक्ष ढुंगानाले भने । उनले न्युनतम १० कित्ताको सट्टा ५० कित्ता बनाउन सकिने धारणा राखे । ‘यो १० कित्ताको साटो न्युनतम ५० कित्ता बनाउन सकिन्छ, कि ५० कित्ता पर्छ कि त पर्दैन’, अध्यक्ष ढुंगानाले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले आईपीओको बोरे प्रवृत्तिलाई निरुत्साहित गर्न पनि न्युनतम ५० कित्तासम्म भर्नै पर्ने व्यवस्था आवश्यक रहेको दावी गरे । यद्यपी उनले १० कित्ताको विद्यमान व्यवस्था कहिलेसम्म पुनरावलोकन भैसक्छ भन्नेबारे भने केहि बताएनन् । तर पुनरावलोकन आवश्यक रहेकोमा पनि जोड दिई रहे ।

उनले रियल सेक्टरलाई सुरुमा १० प्रतिशत मात्रै सार्वजनिक निष्काशन गर्न दिएको भए पनि केहि समयपछि त्यसको सिमा बढाउने पनि बताए । ‘सुरुमा आकर्षित गर्न १० प्रतिशत मात्रै ल्याउँदा पनि हुने बनाएका हौं, अलि पछि च्याप्छौं’, अध्यक्ष ढुंगनाले भने ।

पछिल्लो समय सेयर बजार निरन्तर बढिरहेका सन्दर्भमा अध्यक्ष ढुंगानाले लगानीकर्ता स्वयं बजारका सम्वाहक भएकाले सचेतता पूर्वक लगानी गर्न अनुरोध पनि गरे । अर्थतन्त्रका सूचकहरु सबै सकारात्मक रहेको र सूचिकृत कम्पनीहरुको वित्तिय विवरणहरु पनि सुधार भएकाले बजार बढ्नु स्वभाविक भएको तर्क पनि उनले गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्