Shikhar Insurance

लक्ष्मी लघुवित्तले प्रदान गर्यो बेमौसमी तरकारी खेती तालिम

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ७, शुक्रबार १६:४९
NIMB
Nabil Bank

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले बझाङको चैनपुर, बैतडीको पाटन तथा अछामको साँफेबगर गरी ३ वटा शाखामा आवद्ध ग्राहकहरुलाई क्रमश २ दिने बेमौसमी तरकारी खेती तालिम प्रदान गरेको छ । माघ २७ गते देखि फाल्गुन ४ गते सम्म सञ्चालन भएको तालिममा कृषि व्यवसाय उन्मुख ६९ जना ग्राहकहरुलाई सहभागी गराइएको थियो ।

बेमौसमी तरकारी खेती सम्बन्धी सीप र क्षमतालाई अभिवृद्धि गरी स्वरोजगार सृजना गर्ने उद्देश्यका साथ उक्त तालिम आयोजना गरिएको होे ।

Citizen Life
Kumar Bank
Nepal Life

तालिमको उद्धघाटन कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले तालिमको माध्यमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतारी महिला कृषकहरुले आर्यआर्जनका क्षेत्रलाई फराकिलो बनाई आर्थिक पाटो मजबुत बनाउने तथा आत्मा निर्भरताका लागि सहयोगी हुने वताएका थिए । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) ओम प्रकाश भुसालले गरेका थिए ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र वित्तीय साक्षरता संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्