Shikhar Insurance

अन्ततः झक्कप्रसाद आचार्य बने आन्तरिक राजश्व विभागको महानिर्देशक

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ७, शुक्रबार १८:०३
NIMB
Nabil Bank

काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशकमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयअन्तर्गतको वित्त क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख रहेका सहसचिव आचार्यलाई विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।

आचार्यले राजश्व विभागको महानिर्देशकका रुपमा नियुक्ति पाएको जानकारी दिए । गत माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवरको गण्डकी प्रदेशमा सरुवा भएपछि सो पद रिक्त रहेको थियो । एक महिनादेखि खाली रहेको उक्त स्थानमा आचार्यलाई जिम्मेवारी दिइएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीको नाम चर्चामा रहेपनि अन्तिम समयमा आचार्यले महानिर्देशक बन्ने अवसर पाएका हुन् । दैलेखका आचार्यलाई केपी ओली निकट प्रशासक मानिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्