Shikhar Insurance

गौतमबुद्ध क्रिकेट रङ्गशाला बनाउन ललितपुर महानगरको २० लाख

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ८, शनिबार १६:५५
NIMB
Nabil Bank

काठमाडौं । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ललितपुर महानगरपालिकाले रु २० लाख सहयोग गरेको छ । रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशन र महानगरपालिकाबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई रु २० लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा प्रमुख महर्जनले रङ्गशाला निर्माणका लागि सबैको थोरैथोरै सहयोगले बल पुग्ने बताए । उनले सबैको हातेमालोबाट रङ्गशाला निर्माण हुनेमा विश्वस्त रहेको उल्लेख गरे । फाउण्डेशनका अध्यक्ष धुर्मुसले अप्ठ्यारो परिस्थितिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताए । रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न पालिकाबाट सहयोग प्राप्त हुनेक्रम बढ्दै गएको पनि फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए ।
महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लागि ऊर्जा थपिएको पनि उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्