Shikhar Insurance

चीनको कडा आलोचना गर्दै अमेरिकी विदेशमन्त्रीले भनेः विश्वको नेतृत्व गर्न फर्किएका छौं

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ८, शनिबार १७:२६
NIMB
Nabil Bank

एएफपी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताएका छन् । महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उनले बताएका हुन् ।

बीबीसीमा दिएको आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएका छन् । सो अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौं निर्णयलाई उल्टाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्