Shikhar Insurance

गलवानमा यसरी भिडेका रहेछन् चीन र भारतका सेना(भिडियोसहित)

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ८, शनिबार १८:४५
NIMB
Nabil Bank

काठमाडौं । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले गत जुनमा गलवान घाटीमा भारतीय सेना तथा चीनियाँ सेनाको बीच भएको झडपको भिडियो फुटेज सार्वजनिक गरेको छ । झडपमा भारतका २० सैनिक मारिएका थिए । चीनले पनि आफ्ना ४ सैनिक मारिएको बताएको छ ।

चीनले सार्वजनिक गरेको भिडियोमा भारत र चीनका सैनिकबीचका झडप देखाइएको छ जहाँ दुवै देशका सैन्य अधिकारी वार्ता गर्दै गरेको देखिन्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

चीनले जारी गरेको भिडियोमा भनिएको छ, “अप्रिलबाटै भारतीय सेना पुरानो सम्झौता उल्लंघन गरिरहेका थिए । उनीहरुले सीमा पार गरेर पुल र सडक बनाउने  अभियान चलाएका थिए ।”

भिडियोमा भारतीय सेनाले एकतर्फी प्रयास गरेको भनिएको छ जसले सीमामा तनाव बढाएको बताइएको छ । चिनले भनेको छ कि सम्झौतालाई सम्मान गर्दै हामीले वार्ताका माध्यमबाट स्थिति ठीक बनाउने प्रयास गर्‍यौं ।

भिडियोमा भारत र चीनका सेना रातमा एकअर्कासँग भिड्दै गरेको देखाइएको छ भने घाइते सैनिकलाई सम्हाल्दै गरेको र ज्यान गुमाउनेलाई सलामी दिँदै गरेको देखाइएको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्