Shikhar Insurance

बिराटनगरमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ८, शनिबार २०:०५
NIMB
Nabil Bank

काठमाडौं । आम सभाका लागि बिराटनगर पुगेका प्रधानमन्त्री केपी ओलीलाई विद्यार्थीहरुले कालो झण्डा देखाएका छन् । अनेरास्ववियूका नेता वसिम आलम नेतृत्वको विद्यार्थी समुहले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका हुन् ।

सभाका लागि बिराटनगर ओर्लने वित्तिकै विमानस्थल बाहिर ओलीलाई कालो झण्डा देखाईएको थियो । ओलीलाई कालो झण्डा देखाएपछि प्रहरीले अनेरास्ववियूका नेता आलम लगायत माथि धरपकड गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

शुक्रबार साँझबाटै प्रहरीको कडा निगरानीमा रहेका आलमलाई कालो झण्डा देखाएपछि पनि प्रहरीले घेरा बन्दीमै राखेको थियो । भर्खरै प्रहरीको निगरानीबाट छुटेर घर आई पुँगे, आलमले सिंहदरबारसँग भने ।

उनी नेकपामा माधव प्रचण्ड समुहका विद्यार्थी नेता हुन् । मोरंग नेकपाको सचिवालय सदस्य समेत रहेका आलमलाई प्रदेश न. १ को शसक्त नेता मानिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्