Shikhar Insurance

पोखराको सिमल चौरमा १० करोड लगानीमा ‘सेभेन स्टार फुड एण्ड मार्ट’

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ८, शनिबार २१:३४
NIMB
Nabil Bank

पोखरा । पोखरा महानगरपालिका ८ सिमलचौरमा १० करोड रुपैयाँ लगानीमा सेभेन स्टार फुड एण्ड मार्ट’ सञ्चालनमा आएको छ । मार्टको शनिबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे ।

फुड एण्ड मार्टका अध्यक्ष राजु भुवाइँले स्वदेशमा नै केही गरौं भन्ने सामूहिक भावना भएका सात युवा साथी मिलेर १० करोडको लगानीमा फुड एण्ड मार्ट सञ्चालनमा ल्याएको बताए । उनले भने, “हामीले भौतिक संरचना निर्माण गर्दै गर्दा कोभिड–१९ को चपेटामा पर्यौं, तर पनि हामी विचलित नभई चुनौतीभित्र अवसर खोजेर अगाडि बढ्यौ र आज सञ्चालनमा ल्याउन सफल भयौँ ।”

Citizen Life
Kumar Bank
Nepal Life

उनका अनुसार हाल फुड एण्ड मार्टमा ३५ जनालाई रोजगारी दिएको छ । यो रेष्टुरेण्टमा पारिवारिक वातावरणमा विभिन्न स्वादिष्ट खानाका परिकार पाइन्छ भने १२० ग्राहक अटाउने क्षमता रहेको छ । त्यसैगरी मार्टमा दैनिक उपभोग्य सामग्रीलाई प्राथमिकता दिइएको छ । निकट भविष्यमा नै स्थानीय उत्पादनलाई प्राथमिकता दिएर तरकारी, फलफूल र मासु बिक्री केन्द्र राखिने अर्का सञ्चालक डिल्लीराम पनेरुले जानकारी दिए ।

युवा राजु भुवाइँ, कुष्ण रानाभाट, बाबुराम उपाध्याय, रामप्रसाद पौडेल, डिल्लीराम पनेरु, अर्जुन अधिकारी र सूर्यराज अधिकारीले उक्त फुड एण्ड मार्टमा सामूहिक लगानी गरेका छन् ।

मार्टको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले युवाहरु उद्यमशिलतासँग जोडिए मात्रै समृद्धि सम्भव हुने बताएका थिए । उनले मुलुकको लगानीको वातावरण बनाउन तीनै तहका सरकारहरुले सहकार्य गर्नुपर्नेमा पनि जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्