Shikhar Insurance

सिता एयरले थाल्यो नेपालगञ्ज–पोखरा उडान सेवा

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ८, शनिबार २२:०२
NIMB
Nabil Bank

काठमाडौं । सीता एयरले शुक्रबारदेखि नेपालगञ्ज–पोखरा विमान सेवा शुरुआत गरेको छ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके र नाट्टा गण्डकी प्रदेशको पहलमा सीताले उडान सेवा शुरु गरेको हो ।

बाँके र बर्दियाका पर्यटन व्यवसायीको नेतृत्व गर्दै नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणासहितको टोली नेपालगञ्ज विमानस्थलबाट पोखरा उडेको थियो । पोखरा विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर विसीले स्वागत गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

पोखराबाट पनि शुक्रबार नाट्टाको १७ पर्यटन व्यवसायी बाँके र बर्दियाका पर्यटकीय गन्तव्यको अवलोकन गर्न आएका छन् । पर्यटकीय गन्तव्यको अवलोकन गर्ने कार्यक्रम रहेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्