Shikhar Insurance

राष्ट्र बैंकमा डेपुटी दौडः शक्ति केन्द्र रिझाउनेदेखि राजनीतिक गणित केलाउनेसम्म

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ९, आईतवार ०९:४९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल फागुन १८ गते सकिँदैछ । अर्थात यतिबेला नयाँ डेपुटी गभर्नरको दौड उत्कर्षमा पुगिसकेको छ । राष्ट्र बैंकका बरिष्ठ कार्यकारी निर्देशकहरुमध्येबाट डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था छ तर अभ्यासले भने १७ जना कार्यकारीहरुलाई डेपुटी बन्ने बाटो खोलिदिएको छ ।

१२ नम्बरमा रहेका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठलाई पक्का डेपुटी गभर्नरका रुपमा हेरिएको छ । प्रधानमन्त्री ओलीका विश्वास पात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र अर्थमन्त्री बिष्णु पौडेल नै श्रेष्ठका पक्षमा छन् । पोखरेलले श्रेष्ठलाई प्रदेश योजना आयोगको उपाध्यक्ष बनाएका थिए भने अर्थमन्त्री पौडेलले आफ्नो आर्थिक सल्लाहकार बनाएर काम लगाईरहेका छन् । ओली नेतृत्वकै सरकारले डेपुटी गभर्नर नियुक्त गरेमा श्रेष्ठ पहिलो प्राथमिकतामा देखिन्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बाँकी रहेको एउटा डेपुटी गभर्नर पदका लागि भने कडा प्रतिष्पर्धा छ । ओली सरकारले निरन्तरता पाएमा डेपुटी बन्ने प्रतिष्पर्धाको अग्रपंक्तिमा कार्यकारी निर्देशक देव कुमार ढकाल छन् । मोरङका उनी नाताले पर्यटन मन्त्री भानुभक्त ढकालका आफन्त हुन् । उनी तत्कालिन नेकपा एमाले र अहिलेको ओली नेकपा निकट भएर विद्यार्थी राजनीति गरेका व्यक्ति पनि हुन् ।

केपी ओली र शेर बहादुर देउवाको भित्रि सम्बन्धलाई उपयोग गर्दै एक नम्बरका कार्यकारी निर्देशक भुवन कँडेल पनि डेपुटीका अर्का शसक्त दावेदार हुन् । झापाकी निलम ढुंगाना तिम्सिना पनि पहिलो महिला डेपुटी गभर्नर बन्ने भन्दै लाइन मिलाईरहेकी छिन् । उनी राष्ट्रपति विद्या भण्डारीदेखि प्रधानमन्त्री ओलीलाई कन्भिन्स गराउने अभियानमा छिन् ।

झापाकै बम बहादुर मिश्र पनि कडा लबिङमा छन् । ११ नम्बरका कार्यकारी निर्देशक सुमन कुमार अधिकारी पनि अर्का प्रबल दावेदार हुन् । उनले तत्कालिन एमालेसँगको पुरानो सम्बन्धलाई समाउँदै डेपुटीको लाइन मिलाईरहेका छन् । प्रवक्ताको जिम्मेवारीमा रहेका सुदुरपश्चिमका डा. गुणाकर भट्ट पनि प्रबल दावेदार मानिन्छन् ।

त्यस बाहेक नेफिल मटांगी मास्के, मुकुन्द कुमार क्षेत्री, पिताम्बर भण्डारी, ऋषिकेश भट्ट, प्रदिपराज पौड्याल, नरेश शाक्य, रेवति प्रसाद नेपाल, रामु पौडेल, बिश्रुत थापा र राम बहादुर मानन्धर नै आ आफ्नो लाइन मिलाउन व्यस्त देखिन्छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्