Shikhar Insurance

पाम आयलकै बाटोमा भटमासको तेलः २० अर्बको कच्‍चा पदार्थ आयात गरेर १९ अर्बको तेल निर्यात

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ९, आईतवार १०:२५
NIMB
Nabil Bank

काठमाडौं । नेपालबाट विदेश निकासी हुने प्रमुख वस्तुमा भटमासको तेल परेको छ । झट्ट हेर्दा, यो तथ्यले मुलुकको कृषिजन्य उद्योगले निर्यात व्यापारमा फड्को मारेको जस्तो बुझिन्छ । तर, यसरी निर्यात भएको भटमासको तेल स्वदेशी कृषि उत्पादनमा आधारित होइन ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा २० अर्ब १ करोड दुई लाख ७७ हजार रुपैयाँ बराबर भटमासको तेलका लागि कच्‍चा पदार्थ आयात भएको छ । जबकी १९ अर्ब ५९ करोड रुपैयाँ मात्रै भटमासको तेलको निर्यात भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

स्वदेशी उद्योहरूले तेस्रो मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधनपछि आयात गर्ने क्रम बढेको बुझ्न कठिन छैन । भटमासको तेलका लागि कच्‍चा पदार्थ खासगरी अर्जेन्टिनाबाट आयात भइरहेको छ । यो सात महिनामा मात्र १७ अर्ब २८ करोड रुपैयाँको मात्रै कच्‍चा पदार्थ आयात भएको छ ।

यसअघि भटमासको तेल सरह पाम आयलको निर्यात हुन्थ्यो । गत आर्थिक वर्षको पुस २३ मा भारतले आफ्नो मुलुकमा पाम आयलको आयातमा प्रतिबन्ध लगाएको थियो ।

साफ्टाको प्रावधानअनुसार ३० प्रतिशत मुल्य अभिवृद्धि गरेर मात्रै निर्यात गर्नुपर्ने प्रावधान छ । निर्यात हुने वस्तुको तुलनामा आयातित कच्‍चा पदार्थको मात्रा बढी भएपछि साफ्टाको प्रावधान उल्‍लंघन गरी तेल निकासी भइरहेको संशय जिवितै छ । जसकारण भारतले कुनै पनि बखत पाम आयाल जसरी भटमासको तेल आयातमा प्रतिबन्ध लगाउने खतरा उत्तिकै देखिन्‍छ ।

पछिल्लो दुई महिनामा मात्रै साढे ६ अर्बको कच्‍चा तेल भित्रियो

मुलुकको आयातमा वृद्धि हुन थालेको पछिल्‍ला दुई महिना ९पुस(माघ० मात्रै भएको छ । मंसिरसम्मको तथ्‍यांकलाई हेर्दा पोहोरभन्दा १० प्रतिशत कम वस्तु आयात भएको छ । पुस र माघमा अत्यधिक मात्रामा भएको आयात परिमाणाले सात महिनाको कुल आयात पोहोरको सोही अवधिकै हाराहारीमा पुगेको छ । कोभिड-१९ का कारण गत आवको चौमासदेखि नै आयात खस्किँदै गएको थियो ।

आयातलाई अस्वाभाविक रुपमा बढाउन मुख्‍य भूमिका खेल्ने चामल, मकै, सुन र भटमासको कच्चा पदार्थ नै हुन् । खासरी दुई महिनामा भटमासको कच्‍चा तेल मात्रै साढे ६ अर्बको आयात भएका छन् । लामो समयसम्म कोभिडले कृषि क्षेत्रमा पारेको प्रभावसँगै आन्तरिक खपतमै भरथेग गर्न मुस्किल पर्ने भटमासको उत्पादनमा समेत ह्रास आयो । जसले उद्योगीहरू तेस्रो मुलुकबाट भटमासको कच्चा तेल ल्याई प्रशोधन गर्दै निर्यात गरिरहेका छन् ।

नियामकको ध्यान प्रगति विवरणमा मात्रै

गत आर्थिक वर्षमा मुलुकको ओर्लिदै गरेको आयात परिमाण र उक्लिदै गरेको निर्यातको आकडालाई देखाएर सरकारले गर्वका साथ प्रगति विवरण देखायो । उसले ुवाणिज्य नीतिमा सरकारले लिएको नीतिको सफल परिणामु भन्दै आफैलाई पगरी भिराउने कसर बाँकी राखेन ।

केही महिनामै भारतले पाम आयलमा प्रतिबन्ध लगायो । तेस्रो मुलुकबाट कच्‍चा पाम ल्याएर प्रशोधन गर्ने उद्योग हारगुहार गर्न थाले । तर, भारतले आफ्नो मुलुकका उद्योगीको हितका लागि चालेको कदमको अगाडी नेपालको केही नलाग्ने निश्चित थियो ।

तेस्रो मुलुकबाट कच्‍चा पदार्थ ल्याएर प्रशोधन गरेर मात्रै बाहिरिने वस्तुको मुल्य अभिवृद्धिको विषयलाई लिएर सरकार र उद्योगी चुपचाप बस्नुको परिणाम थियो । त्यस्ता वस्तुमा ३० प्रतिशत मुल्य अभिवृद्धि भएको वा नभएको विषयमा वाणिज्य मन्त्रालयले कुनै अध्ययन गर्नु उचित ठानेन ।
बनस्पति घ्यु तेल उत्पादक संघका अध्यक्ष सन्दिप कुमार अग्रवालले भटमासको तेल निर्यातमा ३५ प्रतिशतसम्म ‘भ्यालु एडिसन’ हुने गरेको बताए । अन्य प्रकारका विकृति देखिएको भए थप अध्ययन गरिनुपर्ने पनि उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्