Shikhar Insurance

सिभिल बैंकले मर्जरका लागि बाटो खोल्यो, को होला पार्टनर ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ९, आईतवार १४:५०
NIMB
Nabil Bank

काठमाडौं । सिभिल बैंकको १० औं वार्षिक साधारण सभाले ८.४२ प्रतिशत लाभांश् पास गरेको छ । आइतबार सम्पन्न बैंकको साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागिं) पास गरेको हो ।

बैंकको साधारण सभाले मर्जरका लागि बाटो खुला गरेको छ भने रणनीतिक साँझेदार भित्र्याउन सक्ने संकेत पनि देखाएको छ । बैंकका लगानीकर्ताले यसपाली ६४ करोड २ लाख ७१ हजार रुपैयाँ बराबरको बोनश शेयर पाउनेछन् । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख रुपैयाँ छ । बोनसपछि चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख पुग्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

साधारण सभाले सिभिल बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने तथा गाभिने सम्बन्धीको सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिएको छ । साथै बैंकले स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्ने लगायतका अख्तियारी पनि संचालक समितिलाई प्रदान गरेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्