Shikhar Insurance

सुनको मूल्य हाल सम्मकै उच्च, प्रतितोला कति?

सिंहदरबार संवाददाता
२०७९ माघ १०, मंगलवार ११:२०
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा माघ १० गते मंगलबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।

मंगलबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो रेकर्ड मूल्यको तुलनामा ८०० रुपैयाँ बढी हो। यस अघि सुनको अधिकतम मूल्य १ लाख ५ हजार ५०० रुपैयाँ थियो। २०७८ फागुन २५ गते, सुन सो मूल्यमा कारोबार भएको थियो। अघिल्लो दिन अर्थात सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी संघलेका अनुसार तेजाबी सुन पनि प्रतितोला १ हजार रुपैयाँले बढेर १लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार तेजावी सुन १ लाख ४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

माघ १० गते मंगलबार सुनको मूल्यले नयाँ उचाई कायम गरेको दिन चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी, मंगलबार प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपालमा महासंघले अन्तरर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य तोक्ने गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्