Shikhar Insurance

इसेवा १५ औं बर्षमा, सिईओ भन्छन्ः हामी कसैलाई ठग्दैनौं

सिंहदरबार संवाददाता
२०७९ माघ ११, बुधबार १०:१९
NIMB
Nabil Bank

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ‘‘ईसेवा’ १५ औं बर्षमा प्रवेश गरेको छ । सन २०१० जनवरी २५ देखि औपचारिक सेवा आरम्भ गरेको कम्पनीमा हाल ७० लाख ग्राहक संख्या पुगेको छ ।इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

हामी कसैलाई ठग्दैनौंः सिईओ खड्का
बार्षिकोत्सवको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन आयेजना गर्दै ईसेवाका प्रमुख कार्यकारी अधिकृत(सिईओ) जगदीश खड्काले १४ बर्से यात्राका दौरान कम्पनीले आम नेपाली उपभोक्ताहरुको अपार साथ पाएको बताए । उनले इसेवाले कसैलाई पनि नठग्ने स्पष्ट पनि पारे । उनले इसेवा एकाउण्टमा रहेको कमको सम्पूर्ण अधिकार ग्राहककै हुने र सेटलमेन्ट बैंकले त्यसको सुरक्षा गर्ने बताए । ‘हामी माध्यम मात्रै हौं, इसेवा खातामा रहेको पैसाको सम्पूर्ण अधिकार उपभोक्ता कै हुन्छ, र त्यसमा सेटलमेन्ट बैंक जोडिएको हुन्छ, इसेवाले कसैलाई ठग्दैन्, नठगेकै कारणले हामीसँग ७० लाख उपभोक्ता जोडिनु भएको छ’, सिईओ खड्काले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले इसेवाको एउटा एकाउण्ट होल्डरले अर्कै एकाउण्ट होल्डरकोमा पठाईएको पैसामा हामीले केहि गर्न मिल्दैन्, झुक्किएर अर्कैको खातामा पैसा गयो भने हामीले सम्पर्क गरेर पैसा फिर्ताका लागि अनुरोध मात्रै गर्न सक्छौं’, सिईओ खड्काले भने । उनले उपभोक्ताहरु पनि सचेत हुनुपर्नेमा जोड दिए । सिईओ खड्काले इसेवाका अकाण्टहरुमा रहेको अरबौं रकमको ब्याज कम्पनीले पाउने हल्ला पनि निराधार भएको बताए । कम्पनीको आम्दानीको स्रोत भनेकै सेवा शुल्क मात्रै भएको स्पष्ट पारे । ‘हाम्रो एकाउण्टमा अरबौं रकम हुन्छ, त्यसको कुनै ब्याज आउँदैन’, सिईओ खड्काले भने ।

डिजिटल अर्थतन्त्र निर्माणका लागि कम्पनी लागिपरेको बताए । उनले हालसम्म १० प्रतिशत कारोबारमा मात्रै डिजिटल हुने गरेको बताउँदै आगामी दिनमा डिजिटल वित्तिय साक्षरतासहितको कार्यक्रम अघि बढाउँदै जाने बताए ।

बार्षिकोत्सव अफरहरु
वार्षिकोत्सवका अवसरमा इसेवाले बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने रोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ । जसमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट ईसेवामा लिंक गरेमा १४० क्यासब्याक पाइनेछ । यसैगरी बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफर सञ्चालन हुनेछ । जसमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हिरा उपहार पाउनेछन् । यसैगरी ११ देखि १२ बजेसम्म मुभि आवर सञ्चालन हुनेछ । यो अवधिमा मुभि टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिनेछ ।

यसैगरी १२ बजेदेखि १ बजेसम्म होटल बुक अफर सञ्चालन हुनेछ । यो अवधिमा होटल बुक गर्दा विभिन्न होटलमा कोठाहरु निशुल्क प्राप्त गर्न सकिनेछ । यस्तै १ देखि २ बजेसम्म भौचर मेला आवर सञ्चालन हुनेछ । जसमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिनेछ । यसैगरी २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुनेछ । यस अवधिमा मोबाइल टपअप, एयरलाइन्स् टिकट, इन्टरनेट टिभिको बिल भुक्तानी, विद्युत् महसुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यसैगरी ३ देखि ४ बजेसम्म मेरोसेयर अफर सञ्चालन हुनेछ । यो अवधिमा ५० सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ । ईसेवाले आफ्नो वार्षिकोत्सवका अवसरमा छात्रवृति कोष समेत सञ्चालन गरेको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्