Shikhar Insurance

५५ करोड निक्षेप राख्ने बैंक खोज्दै राष्ट्र बैंक, क-कसले पाउँछन् आवेदन दिन ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ९, आईतवार २१:३४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५५ करोड रुपैयाँ निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना नै प्रकाशित गरेर उपदान तथा पेन्सन र कर्मचारी सुरक्षण कोषमा रहेको ५५ करोड रुपैयाँ एक वर्षका लागि निक्षेप राख्न लागेको हो ।

राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषको २५ करोड र कर्मचारी सुरक्षण कोषको ३० करोड रकम बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा राख्न लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उपदान तथा पेन्सन कोष अन्तर्गत रहेको रकम वाणिज्य बैंकहरुमा २० करोड, विकास बैंकहरुका लागि तीन करोड ७५ लाख र फाइनान्स कम्पनीहरुमा एक करोड २५ लाख रुपैयाँ निक्षेप राख्ने भनिएको छ ।

त्यस्तै, कर्मचारी सुरक्षण कोषमा रहेको ३० करोड रुपैयाँ पनि निक्षेप राख्न लागेको छ ।
सो रकम भने बाणिज्य बैंकहरुमा २४ करोड, विकास बैंकहरुमा ४ करोड ५० लाख र फाइनान्स कम्पनीहरुमा एक करोड ५० लाख रुपैयाँ राखिनेछ ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुका लागि विभिन्न सर्तहरु राखिएका छन् । त्यस्ता बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष हुनु पर्ने, बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष भएको, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको लगायतका सर्तहरु छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्