Shikhar Insurance

डेढ महिनामा भारतमा २४ पल्ट बढ्यो तेलको मूल्य

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ९, आईतवार २२:२८
NIMB
Nabil Bank

काठमाडौं । भारतमा पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको भाउ बढेको छ । यसले गर्दा उपभोक्तालाई पुनः मूल्यवृद्धिले पिरल्न थालेको छ । सन २०२१ सुरु भएपछिको डेढ महिनामा मात्र भारतमा पेट्रोलिय पदार्थको भाउ २४ पटक बढेको द इकोनोमिक टाइमले जानकारी दिएको छ ।

फेब्रुअरी ९ यता १२ दिनमा पेट्रोल लिटरको ३.६३ र डिजल ३.८४ भारु बढेको छ । शनिबार मात्रै  भारतमा पेट्रोल र डिजलको भाउ लिटरमा ४० पैसा भारु बढेको छ । शनिबार राजधानी दिल्लीमा मात्रै पेट्रोल लिटरमा ३९ र डिजलमा ३७ पैसाले बढेको छ । नयाँ मूल्य समायोजनपछि दिल्लीमा पेट्रोलको भाउ लिटरको ९०.५८ र डिजलको ८०.९७ भारु पुगेको द इकोनोमिक टाइमले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

महाराष्ट्र, मध्यप्रदेश र राजस्थानलागयत धेरै शहरहरुमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०० रुपैयाँ पुगेको छ । फरक करका दरले गर्दा प्रदेशपिच्छे इन्धनको भाउमा लिटरमा ३५ देखि ५० पैसा भारु फरक हुने गरेको छ । मुम्बइमा पेट्रोलको भाउ लिटरमा ३ रुपैयाँ बढेर १०० भारु पुगेको छ ।

यस्तै डिजलको पनि भाउ ८८ बाट ९० भारु पुगेको छ । अन्य स्थानहरुमा पेट्रोलको भाउ लिटरको ९० र डिजलको ८० भारु रहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि यसको असर भारतमा पनि परेको हो ।

यो साता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ बढेर प्रतिव्यारेल ६५ डलर पुगेको छ । डलरको विनियमले पनि भाउमा असर परेको बताइएको छ । इन्धन प्रशोधन कम्पनीहरुले पेट्रोलियमको भाउ अझै बढ्ने प्रक्षेपण गरेका छन ।

GBIME

प्रतिक्रिया दिनुहोस्