Shikhar Insurance

अब सबै बीमा कम्पनीहरुको वित्तिय विवरण पनि एनएफआरएस

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १०, सोमबार ०९:१२
NIMB
Nabil Bank

काठमाडौं । अब सबै बीमा कम्पनीहरुले आफ्नो वित्तिय विवरण एनएफआरएसमा जारी गर्नुपर्ने भएको छ । बीमा समितिले फागुन ९ गते जीवन बीमा कम्पनीहरुलाई परिपत्र गर्दै एनएफआरएसमा विवरण बनाउन भनेपछि सबै कम्पनी एनएफआरएसको दायरामा आएका हुन् ।

यस अघि समितिले पहिलो चरणमा निर्जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस लागु गरेको थियो । समितले मंसिर २२ गते परिपत्र जारी गरि निर्जीवन बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीलाई एनएफआरएस लागु गर्न भनेको थियो । तीनै प्रकारका बीमा कम्पनीहरुले २०७७ साउन १ गतेदेखि एनएफआरएस लागु गर्नुपर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालका बीमा कम्पनीहरुका वित्तिय विवरणलाई पनि अन्तराष्ट्रिय स्तर र विश्वसनिय बनाउनका लागि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड लागु गरिएको हो । इन्टरनेशनल फाइनान्सियल रिपोर्टिङ स्ट्याडर्डको नेपाली संस्करणका रुपमा एनएफआरएस अघि सारिएको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुमा केहि पहिलेदेखि नै एनएफआरएस लागु गरिसकेको छ । एनएफआरएस लागु गरेपछि कम्पनीहरुको वित्तिय विवरण निर्माण लागत भने केहि बढ्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्