Shikhar Insurance

प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्दै सिटिजन लाइफको साधारण सभा सम्पन्न

स्वतन्त्र सञ्चालक श्रीमान कार्की नियुक्ति
सिंहदरबार संवाददाता
२०७९ माघ १६, सोमबार १७:४८
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आफ्नो वार्षिक साधारण सभा माघ १५ गते अलोफ्ट काठमाण्डू ठमेल, छांयादेवी कम्प्लेक्समा सम्पन्न गरेको हो ।

सभाले प्रिमियम मूल्यमा सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने पारित गरेको छ । साथै, सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम श्री कम्पनी रजिष्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८/०७९ को लागि कम्पनीको लेखापरीक्षकमा श्री जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्टस् (वर्तमान लेखापरीक्षक) लाई गरिएको नियुक्ति अनुमोदन गरेको छ ।

सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव ज. व. राणाको नियुक्ति अनुमोदन गरेको छ । साथै स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको नियुक्ति अनुमोदन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्