Shikhar Insurance

अपि पावरले एक बराबर ०.२९३८ कित्ता हकप्रद सेयर जारी गर्ने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १०, सोमबार १४:२६
NIMB
Nabil Bank

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दोस्रो चरणको हकप्रद शेयर निष्कासन गर्न लागेको छ । कम्पनीले हकप्रद जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

अपिले १ बराबर ०.२९३८ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न फागुन ९ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासनको अनुमति मागेको देखिन्छ । बिक्रि प्रबन्धकमा भने मुक्तिनाथ क्यापिटल लिमिटेडलाई तोकिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले यसअघि कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गतेसम्म चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख बराबरको प्रति शेयरको १ बराबर ०.४७६ कित्ताको अनुपातमा हकप्रद्य सेयर जारी गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्