Shikhar Insurance

सुरुभयो मेलम्चीको परीक्षण, दुर्घटनाको संभावना उच्च हेलिकप्टर र अस्पताल तयारी अवस्था

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १०, सोमबार १७:००
NIMB
Nabil Bank

 

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको परीक्षण सुरु गरिएको छ । आजबाट सुरुङमार्गमा पानी पठाएर परीक्षण सुरु गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

खानेपानी तथा सरसफाईमन्त्री मणि कुमार थापा, सिन्धुपाल्चोक प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ ,मेलम्ची खानेपानी आयोजनाका अधिकारीहरु लगायतको सहभागीतामा परीक्षण सुरु गरिएको हो ।

आयोजनाको सुरुङमा पानी पठाइएको छ । यसरी पठाइएको पानीले सुरुङ भरिन करिब १५ दिन लाग्ने आयोजनाले जनाएको छ ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु गरिएको जनाएको छ । यसअघि विश्व बैंकको प्राविधिक टोलीले आयोजनाको गुणस्तर परीक्षणको काम गरेको थियो ।

समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार विगतको जस्तो दुर्घटना नहोस भन्नका लागि यस पटक विशेष सतर्कता अपनाइएको छ । संभावित दुर्घटनालाई ध्यानमा राखेर हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ भने काभ्रे र काठमाडौंका अस्पतालहरुलाई पनि तयार रहन भनिएको छ ।

यसअघि यस्तै परीक्षण गर्ने क्रममा अडिट टनेलमा रहेको ढाला फुत्किएर बाढी आउँदा आयोजनाका एक प्राविधिक कर्मचारी बेपत्ता हुनुका साथै चालकको मृत्यु भएको थियो ।
आयोजनाको पानी २६ किलोमिटर लामो सुरुङबाट काठमाडौंमा ल्याइने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्