Shikhar Insurance

सुत्केरी व्यथा लागेको चौध घण्टापछि सेनाको हेलिकप्टरबाट उद्धार

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १०, सोमबार १८:१७
NIMB
Nabil Bank

हुम्ला । हुम्लामा सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको चौध घण्टापछि आइतबार साँझ उद्वार गरिएको हो ।
आठ महिनाको गर्भ भएकै बेला व्यथा लागेर थला परेपछि सर्केगार्ड गाउँपालिका-४ दूल्ली गाउँकी २१ वर्षीया विन्दु थापाको हेलिकपटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।

जिल्ला अस्तपालका सिनियर अनमी सरिता बोहराका अनुसार व्यथा लागेपछि सर्केगार्ड स्वास्थ्यचौकीमा लिइए पनि स्वास्थ्यकर्मीले जिल्ला अस्पताल बाहिर पठाउँदा बाटामा ल्याउँदै गर्दा झन् व्यथाले च्यापेपछि थापालाई हेलिकप्टरबाट उद्वार गरिएको हो । सुत्केरी व्यथा लागेर बाटोमा ल्याइँदै गरेकी महिलालाई घरबाट ल्याइएको लामो समयपछि खार्पुनाथ गाउँपालिकाबाट उद्वार गरिएको प्रकाश बुढाले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

स्टेचरमा जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटामा पेट पनि दुख्न थालेपछि जिल्लामा खबर गरेर हेलिकप्टरको व्यवस्था भएको बुढाले बताए । खार्पुनाथ – १ देउखुरी हेलिप्याडबाट सुर्खेतमा उद्धार गरिएको अनमी बोहराले जानकारी दिइन् ।

आइतबार व्यथाले थलिएकी थापालाई अस्पताल भर्ना गरेर उपचार शुरु भएको छ । थापाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको र त्यसको खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट व्यहोरिने प्रजिअ गिरीले बताए । सुत्केरी व्यथा लागेर थला परेका गर्भवतीको उद्धारका लागि हवाई उद्धार प्रभावकारी बन्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्